default_image

7 years ago

January 12, 2017

सूर्य नेपाल गल्फ च्यालेन्जको तेस्रो दिन शिवरामको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– सूर्य नेपाल गल्फ च्यालेन्जको तेस्रो दिन बिहीबार नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ शीर्षस्थानमा उक्लेका छन् । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को पार ६८ को कोर्समा बिहीबार २ अन्डर ६६ को प्रदर्शन गर्दै शिवराम अग्रस्थानमा पुगेका हुन् । आरएनजिसीका शिवरामले तीन दिनमा समग्र ४ अन्डर २ सय को प्रदर्शन गरेका छन् […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सूर्य नेपाल गल्फ च्यालेन्जको तेस्रो दिन बिहीबार नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ शीर्षस्थानमा उक्लेका छन् । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को पार ६८ को कोर्समा बिहीबार २ अन्डर ६६ को प्रदर्शन गर्दै शिवराम अग्रस्थानमा पुगेका हुन् ।

shivaram-shrestha-golfer
आरएनजिसीका शिवरामले तीन दिनमा समग्र ४ अन्डर २ सय को प्रदर्शन गरेका छन् । उनले जयराम श्रेष्ठलाई २ स्ट्रोकले पछि पारेका छन् । सूर्य नेपाल गल्फ टुर २०१६÷१७ अन्तर्गत दोस्रो प्रतियोगितामा अघिल्लो दिन बुधबार शीर्षस्थानमा रहेका जयरामले बिहीबार ५ ओभर ७३ को प्रदर्शन गरे । उनले समग्र प्रदर्शन २ अन्डर २ सय २ को कार्ड बनाएका छन् ।

तेस्रो स्थानमा रहेका गोकर्ण गल्फ क्लबका भुवन नगरकोटीले समग्रमा इभन पार २ सय ४ को प्रदर्शन गरे । उनले तेस्रो दिन २ ओभर ७० को कार्ड बनाए । इभन पार ६८ को कार्ड बनाएका रामे मगरको समग्र प्रदर्शन २ ओभर २ सय ६ को छ र उनी चौथो स्थानमा छन् । सञ्जय लामा पाँचौं स्थानमा झरेका छन् । उनले ९ ओभर ७७ को कार्ड बनाए ।

चुडाबहादुर भण्डारी छैटौं स्थान उक्लदा समग्रमा ५ ओभर २ सय ९ को प्रदर्शन गरे । उनले तेस्रो चरणमा १ अन्डर ६७ को कार्ड बनाए । रवि खड्का (७०), धनबहादुर थापा र दीपक मगर समग्रमा ६ ओभर २ सय १० को कार्ड साथ सातौं स्थानमा छन् । रामकृष्ण श्रेष्ठ (७५), विकास अधिकारी (७५) र सूर्यप्रसाद शर्मा (७१) ११ ओभर २ सय १५ को प्रदर्शन गर्दै संयुक्त रुपमा दसौं स्थानमा छन् ।
फ्रन्ट नाइनमा १ ओभर ३५ को कार्ड बनाएका शिवरामले ब्याक नाइनमा ३ अन्डर ३१ को प्रदर्शन गरे । उनले फ्रन्ट नाइनको दोस्रो होलमा बर्डि तथा तेस्रो र नवौं होलमा बोगी गरेका थिए । ब्याक नाइनमा उनले ११ औं, १३ औं र १४ होलमा उनले बर्डिज गरेका थिए । जयरामले फ्रन्ट नाइमा ४ ओभर ३८ र ब्याक नाइनमा १ ओभर ३५ को प्रदर्शन गरे । फ्रन्ट नाइनमा इभन पार ३४ गरेका भुवनले ब्याक नाइनमा २ ओभर ३६ को कार्ड बनाए । त्यस्तै रामेले फ्रन्ट नाइनमा १ ओभर ३५ र ब्याक नाइनमा १ अन्डर ३३ को कार्ड बनाए ।
एमेच्योरतर्फ ६ ओभर ७४ को प्रदर्शन गरेका मिथुन राई शीर्षस्थानमा छन् । तीन चरणमा उनले समग्रमा ११ ओभर २ सय १५ को प्रदर्शन गरेका छन् । सन्तोष रोक्का (७२) दोस्रो र शिवकुमार माझी (७६) को तेस्रो स्थानमा छन् । २२ व्यवसायिक र ६ एमेच्योर गल्फरले शुक्रबार अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल प्रोफेसनल गल्फर एसोसिएनको आयोजना र सूर्य नेपाल प्रा लिको प्रायोजनमा जारी प्रतियोगितामा ४ लाख रुपैयाँ पुरस्कार रहेको छ । विजेताले ७५ हजार, दोस्रो हुनेले ४६ हजार र तेस्रो हुने खेलाडीले ३१ हजार ५ सय प्राप्त गर्नेछन् ।

Success

Thank you for your time.