default_image

2 months ago

February 24, 2024

बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ चैत १–३ सम्म पोखरामा

काठमाडौं (हाम्रो खेलकुद) – बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ । गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमा गरिँदै छ । पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर कार्यक्रममा साझेदार संस्थाका […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ ।

गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमा गरिँदै छ । पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर कार्यक्रममा साझेदार संस्थाका रूपमा जोडिएका छन् ।

हिमालयन गल्फ कोर्समा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले गल्फ सट हानेर प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसै दिन विहान ९ बजे प्रतिष्ठित युवा राजनीतिज्ञ पोखरा युवा उद्यमी परिषद्ले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । त्यसमा देशभरका युवा उद्यमीसँग अन्तरक्रिया गरिनेछ ।

देशभरबाट पोखरामा भेला भएका करिब १२० कर्पोरेट गल्फका सहभागी चैत २ र ३ गते दुई दिन गल्फ प्रतियोगितामा प्रतिस्पर्धामा व्यस्त रहनेछन् ।

प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कार स्वरूप प्राप्त गर्नेछन् ।

प्रतियोगितामा होल इन वन गर्ने खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ । अन्य विजयीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

पोखरामा देशभरिबाट आउने पाहुनाका लागि रेबान पोखराका सदस्य रेस्टुरेन्टहरूले २५ प्रतिशत सहुलियत दिने निर्णय गरेका छन् । देशभरका पाहुनालाई पोखराका २० भन्दा बढी होटेलहरूमा बसोबास गराउने तयारी भइसकेको छ ।

बाह्रखरीले यसअघि पनि पोखरामा यो प्रतियोगिता आयोजना गरेको थियो । नेपालको व्यावसायिक क्षेत्रलाई अर्थतन्त्र, पर्यटन, वातावरण, प्रदेश र स्थानीय सरकारसँग जोड्ने मूल उद्देश्यअनुरूप नियमित रूपमा गरिँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण २०७७ माघ २३–२४ मा पोखरामा सफलतापूर्वक सम्पन्न भएको थियो ।

उक्त संस्करणले कोरोना र लकडाउनले शिथिल पोखराको पर्यटनलाई ऊर्जा प्रदान गर्न सफल भएको निष्कर्ष निकाल्दै पोखरा पर्यटन परिषद्ले यो वर्षको कार्यक्रम पोखरामा आयोजना गर्न निमन्त्रणा गरेको हो । अघिल्लो वर्ष बाह्रखरीले काठमाडौंमा इकोनोमिक समिट र गल्फ आयोजना गरेको थियो।

बाह्रखरीले २०७८ सालमा धरानमा गल्फ खेलाउँदै विराटनगरमा इकोनोमिक समिट तथा इटहरीमा युवा उद्यमी भेला गराएको थियो । यस्तै, २०७६ सालमा सगरमाथा हिमालनजिकको कोङदे–री चुचुरोको ४,२५० मिटरको उचाइमा गल्फ खेलाएर नेपालको गल्फ सम्भाव्यतालाई विश्वभर चिनाएको थियो ।

त्यसअघि, बाह्रखरीले २०७४ र २०७५ सालमा सुरुआती दुई गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण गल्फ रिसोर्टमा आयोजना गरेको थियो ।

Success

Thank you for your time.