default_image

7 years ago

March 4, 2017

हृदेश र प्रतिमालाई कर्पोरेट गल्फको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – हृदेश सिंह र प्रतिमा शेर्पाले गोकर्ण गल्फ कोर्स रिसोर्टमा आयोजित दोस्रो नयाँ पत्रिका स्विङ एन्ड विन गल्फ कर्पोरेट प्रतियोगिताको उपाधि जितेका छन्। शनिबार सम्पन्न एक दिने प्रतियोगितामा पुरुषतर्फ हृदेश र महिलातर्फ प्रतिमाले उपाधि जितेका हुन्। गोकर्ण गल्फ कोर्सको सम्पूर्ण प्रावधिक सहयोगमा ३÷४ ह्यान्डी क्याप अनुसार भएको प्रतियोगिताको पुरुष तर्फ च्याम्पियन सिंहले सर्वाधिक […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हृदेश सिंह र प्रतिमा शेर्पाले गोकर्ण गल्फ कोर्स रिसोर्टमा आयोजित दोस्रो नयाँ पत्रिका स्विङ एन्ड विन गल्फ कर्पोरेट प्रतियोगिताको उपाधि जितेका छन्।

golf-naya-patrika-corporate

शनिबार सम्पन्न एक दिने प्रतियोगितामा पुरुषतर्फ हृदेश र महिलातर्फ प्रतिमाले उपाधि जितेका हुन्। गोकर्ण गल्फ कोर्सको सम्पूर्ण प्रावधिक सहयोगमा ३÷४ ह्यान्डी क्याप अनुसार भएको प्रतियोगिताको पुरुष तर्फ च्याम्पियन सिंहले सर्वाधिक ३९ स्कोर गरेका थिए। उनले स्विङ एन्ड विन गल्फमा दोस्रो उपाधिका रुपमा मोस्ट बर्डिज हात पारे । उनले सर्वाधिक पाँच बर्डिज प्रहार गरेका थिए।

महिलातर्फ शेपाले सर्वाधिक २८ स्कोर गरिन्। प्रतियोगिताको महिलातर्फ उपविजेता उपाधि रेखा घिमिरे भइन्। पुरुषपतर्फ विजेताले आइफोन–७, ट्याल्मोमेड एस–२ ड्राभेर प्राप्त गरे। महिला विजेताले एक दर्शन गल्फ बल र ट्याल्मोमेड ब्याग पाइन्। यसैगरी होल इन वान गर्न नसके पनि गोपाल चित्रकारले क्लोजेस्ट टु पिन उपाधि जिते। उनले एक दर्जन गल्फ बल हात पारेका छन्।

यता लगेस्ट ड्राइभको ट्रफी विजय श्रेष्ठ इन्हाउसको नाममा रह्यो। उनले पनि ट्रफी र एक दर्जन गल्फ बल पुरस्कार स्वरुपजितेका छन्। ६० बर्षमाथि सिनियर समूहमा नरेश्वर गुरुङ विजेता बनेका छन्। उनले काउन्टर ब्याकमा सर्वाधिक ३६ स्कोर गरेका थिए। उनले ट्याल्मोमेड पटर र एक दर्जन बल पुरस्कारका रुपमा पाएका छन्। सोही विधामा उपविजेताको उपाधि डा.रञ्जित बरालले जिते। उनले पनि काउन्टर ब्याकमा ३६ स्कोर नै गरेका थिए ।

प्रतियोगिताको वेस्ट ग्रोसको उपाधि मिथुन राईले जिते। उनले आइफोन–७, ट्याल्मोमेड एम–२ ड्राभर पाएका छन्। प्रतियागिताको दशौँ स्थानमा रहेका रविन्द्रमान सिंहले ट्रफी र टिसिएल टेलिभिजन पाएका छन्। यस बर्ष प्रतियोगिताको मुख्य आकर्षण ‘होल इन वान’ गर्ने एक गल्फरले टियागो कार पाउने थियो। तर सहभागी ९५ जना गल्फरले होल इन वान गन सकेनन्। गत बर्ष पनि होल इन वान गर्ने गल्फरका लागि कार पुरस्कार राखिएको थियो ।

Success

Thank you for your time.