default_image

9 years ago

October 1, 2015

सञ्जयले जिते सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ

काठमाडौं, असोज १६ अघिल्लो दिन सम्म तेस्रो स्थानमा रहेका सञ्जय लामाले बिहीबार सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् । ७२ पारको गोकर्ण गल्फ क्लबमा प्लेअफसम्म प्रतिस्पर्धा गर्दै उनले खेल जीवनको तेस्रो उपाधि जितेका हुन् । सञ्जयले दोस्रो अतिरिक्त होलमा साबिक विजेता शिवराम श्रेष्ठलाई पराजित गरेका थिए । सञ्जयले यसअघि सन् २०१० को सूर्य […]

50 views

0 Bookmark

काठमाडौं, असोज १६

अघिल्लो दिन सम्म तेस्रो स्थानमा रहेका सञ्जय लामाले बिहीबार सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् । ७२ पारको गोकर्ण गल्फ क्लबमा प्लेअफसम्म प्रतिस्पर्धा गर्दै उनले खेल जीवनको तेस्रो उपाधि जितेका हुन् ।

gokarna gulf

सञ्जयले दोस्रो अतिरिक्त होलमा साबिक विजेता शिवराम श्रेष्ठलाई पराजित गरेका थिए । सञ्जयले यसअघि सन् २०१० को सूर्य नेपाल वेस्टर्न ओपन र २०१४ को सूर्य नेपाल इस्टर्न ओपन जितेका थिए ।

७२ होलको खेल समाप्तिमा सञ्जय र शिवरामको स्कोर १२ अन्डर २ सय ७६ मा बराबरी भयो । बिहीबार सञ्जयले ६ अन्डर ६६ खेले । शिवरामले ४ अन्डर ६८ स्कोर गरे । अघिल्लो दुई दिन शीर्षस्थानमा रहेका भुवन नगरकोटी तेस्रो भयो । उपाधिसँगै सञ्जयले नगद १ लाख रुपैयाँ पुरस्कार पाए ।

शिवरामले ६३ र भुवनले ४५ हजार पाए । एमेच्योरतर्फ पृथ्वी मल्ल विजयी भए । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) को आयोजनामा सम्पन्न प्रतियोगिताका विजेतालाई सूर्य नेपालका मार्केटिङ एन्ड सेल्स उपाध्यक्ष दिप्रा लाहिरी, सूर्य नेपालका ब्रान्ड म्यानेजर केशव प्रधान, एनपिजिएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र सल्लाहकार घनश्याम थापा लगायतले पुरस्कार वितरण वितरण गरे ।

Success

Thank you for your time.