default_image

5 years ago

November 28, 2018

शिवराम दोस्रो दिन पनि अग्रतामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठ सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन पनि अग्रता कायम राख्न सफल भएका छन् । शिवरामले दोस्रो दिन ४ अन्डर ६४ स्कोर जोड्दै समग्रमा ४ स्ट्रोकको अग्रता कायम गरेका छन् । अघिल्लो दिन ६ अन्डर खेलेका शिवरामले समग्रमा १० अन्डर १ सय २६ जोडेका छन् । दोस्रो […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठ सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन पनि अग्रता कायम राख्न सफल भएका छन् । शिवरामले दोस्रो दिन ४ अन्डर ६४ स्कोर जोड्दै समग्रमा ४ स्ट्रोकको अग्रता कायम गरेका छन् ।

अघिल्लो दिन ६ अन्डर खेलेका शिवरामले समग्रमा १० अन्डर १ सय २६ जोडेका छन् । दोस्रो स्थानका विकास अधिकारीले दोस्रो दिन ४ अन्डर ६४ खेलेपछि उनी ४ स्ट्रोकले पछाडी रहेका हुन् । शिवरामले फ्रन्ट नाइनमा ३ अन्डर ३१ र ब्याक नाइनमा १ अन्डर ३३ को प्रदर्शन गरे । विकासले भने फ्रन्ट र ब्याक नाइनमा २ अन्डर ३२ खेल्दै सुखद प्रदर्शन गरे ।

तेस्रो स्थानमा रामे मगर ४ अन्डर १ सय ३२ स्कोरमा छन् । धनबहादुर थापा (६९) २ अन्डर १ सय ३४ स्कोरसहित चौथोमा छन् भने पाँचौमा इभन पार १ सय ३६ सहित सूर्यप्रसाद शर्मा छन् । राजेन्द्र थापा मगर १ ओभर १ सय३७ र दिपक मगर १२ ओभर १ सय ३८ सहित सातौं स्थानमा छन् । संयुक्त आठौंमा ध्रुव केसी, भुवन नगरकोटी र जयराम श्रेष्ठले ३ ओभर १ सय ३९ स्कोर जोडेका छन् ।

प्रतियोगिताको तेस्रो दिन १२ ओभर १ सय ४८ स्कोरमाथि रहेर कट पार गरेका २३ व्यवसायिक गल्फरले प्रतिस्पर्धा गर्नेछन् । एमेच्योरतर्फ शुक्रबहादुर राई ५ अन्डर १ सय ३१ स्कोरसहित शीर्ष स्थानमा छन् । दोस्रो दिनको खेलमा उनको ५ अन्डर ६३ को प्रदर्शन नै सर्वोत्कृष्ट रहेको थियो । उलाई टंकबहादुर कार्कीले ३ अन्डर १ सय ३३ स्कोरले पछ्याईरहेका छन् ।

कुल ४१ गल्फरको सहभागिता रहेको प्रतियोगितामा ३३ व्यवसायिक र ८ एमेच्योर छन् । नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजना र सूर्य नेपाल प्रालीको प्रयोजनमा जारी प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ५१ हजार रुपैयाँ रहेको छ । शीर्ष तीन स्थानमा आउने खेलाडीले क्रमश: ९५, ६५ र ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Success

Thank you for your time.