default_image

7 years ago

May 18, 2017

७ विद्यार्थी ‘सटल टाइम कनेक्ट’का लागि अष्ट्रेलिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद संस्कृति अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ सुरु गरिएको ‘सटल टाइम कनेक्ट’ कार्यक्रम अन्तर्गत नेपालका विभिन्न बिद्यालयका ७ ब्याडमिन्टन खेलाडी अष्ट्रेलिया जाने भएका छन् । २ छात्र र ५ छात्रा खेलाडी सम्मिलित टोली शुक्रबार अष्ट्रेलियाको गोल्डकोस्टतर्फ जाने भएका छन् । जेठ १५ गतेसम्म अष्ट्रेलिया रहँदा विद्यार्थीहरुले खेलसँगै शैक्षिक र त्यहाँको संस्कृतिबारे […]

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद संस्कृति अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ सुरु गरिएको ‘सटल टाइम कनेक्ट’ कार्यक्रम अन्तर्गत नेपालका विभिन्न बिद्यालयका ७ ब्याडमिन्टन खेलाडी अष्ट्रेलिया जाने भएका छन् । २ छात्र र ५ छात्रा खेलाडी सम्मिलित टोली शुक्रबार अष्ट्रेलियाको गोल्डकोस्टतर्फ जाने भएका छन् ।

जेठ १५ गतेसम्म अष्ट्रेलिया रहँदा विद्यार्थीहरुले खेलसँगै शैक्षिक र त्यहाँको संस्कृतिबारे पनि अन्तरक्रिया गर्ने कार्यक्रममा जानकारी दिइयो। बिद्यार्थीहरुले त्यहाँ रहँदा नेपालमा पढ्दै गरेको तहअनुसारकै बिद्यालयको कक्षामा सहभागी र स्कुलको विविध कार्यक्रममा भाग लिनेछन्। यस्तै उनीहरुले अष्ट्रेलियामा बसोबास गर्ने छात्राछात्रसंगै उनीहरुकै घरमा तिन दिनसम्म बस्ने छन् ।

६ महिनाअघि देखि सुरु गरिएको छनोटमा विभिन्न ४० बिद्यालय सहभागी रहेका थिए। त्यसैबाट छनोट गरी उत्कृष्ट ७ बिद्यालयका खेलाडी छनोट गरिएको सटल टाइम कनेक्ट नेपालका संयोजक दिपक थापाले जानकारी दिए ।

अष्ट्रेलिया जाने खेलाडीमा बासु हाईरसेकेण्डरीकी रश्मी महर्जन, जन सेवा हाईरसेकेण्डरीकी विजय मार्क, वागेश्वरी हाईरसेकेण्डरी स्कुलकी प्रशिद्दी झा, रत्न राज्यलक्ष्मी हाईरसेकेण्डरीका सुजन खड्का र सिताराम हाईरसेकेण्डरीका अम्बर बहादुर मगररहेकी छिन्  । यस्तै कालिकाशरण हाईर सेकेण्डरीकी शैलिषा शाही र बाल विकास हाईरसेकेण्डरी स्कुलकी युनिका निरौला अष्ट्रेलिया जाने छन् । उनीहरुसँग सटल टाइम कनेक्टका कोअर्डिनेटर दिपक थापासँगै दुई शिक्षक मनोज आचार्य र रामलक्ष्मी कोजु र दुई अभिभावक पनि अष्ट्रेलिया जाने छन् ।

त्यस्तै नेपाली टोलीले गोल्डकोस्टको क्यारेरा स्पोर्ट्स कम्प्लेक्समा ब्याटमिन्टन खेलको प्रस्तुति र उक्त स्थानमा आयोजना हुने सुदिरमान कप अन्तराष्ट्रिय ब्याटमिन्टनको उद्घाटन र समापनमा बिशेष नृत्य प्रस्तुति दिने छन् ।

बिद्यालयस्तरबाटै ब्याटमिन्टन खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर विश्व व्याडमिन्टन महासंघ, अस्ट्रेलियाको व्याडमिन्टन महासंघ, व्याडमिन्टन एसिया, स्पोर्ट म्याटरको सहयोगमा नेपाल व्याडमिन्टन एसोसिएसनले नेपालका विभिन्न जिल्लाको ४० बढी बिद्यालयमा  सटल टाइम कार्यक्रमको आयोजना गरिरहेको छ ।

Success

Thank you for your time.