default_image

8 years ago

December 16, 2015

खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट

 तेस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट राजधानीमा हुने भएको छ । गंगटा युवा क्लबको आयोजनाको साढे ५ लाख पुरस्कार राशिको प्रतियोगितामा ५ इभेन्ट समावेश गरिएको क्लबका अध्यक्ष रेशम पुनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । दुई वर्षमा हुने प्रतियोगिता यसपल्ट धापासी हाइटस्थित अन्नपूर्ण ब्याडमिन्टन एकेडेमीमा हुनेछ । झन्डै ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको […]

74 views

0 Bookmark

 तेस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट राजधानीमा हुने भएको छ ।

गंगटा युवा क्लबको आयोजनाको साढे ५ लाख पुरस्कार राशिको प्रतियोगितामा ५ इभेन्ट समावेश गरिएको क्लबका अध्यक्ष रेशम पुनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

badminton

दुई वर्षमा हुने प्रतियोगिता यसपल्ट धापासी हाइटस्थित अन्नपूर्ण ब्याडमिन्टन एकेडेमीमा हुनेछ । झन्डै ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको खुला पुरुष युगल विजेता जोडीले १ लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।

दक्षिण एसियाली खेलकुदको तयारीलाई मध्यनजर गर्दै क्लबले राष्ट्रिय वरीयता प्राप्त खेलाडीको अलग्गै प्रतियोगितासमेत गराउने भएको छ । त्यसमा नेपाल ब्याडमिन्टन संघबाट वरीयता पाएका शीर्ष १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त इभेन्टको विजेताले ५० हजार प्राप्त गर्नेछन् । ब्याडमिन्टन संघको प्राविधिक र काठमाडौं जिल्ला ब्याडमिन्टन संघको विशेष सहयोगमा हुने प्रतियोगितामा जुनियर एकल (यु–१४ ब्वाइज), मिश्रित युगल र भेट्रान्स (४५ वर्ष माथि) को इभेन्ट पनि समावेश छ । सबै इभेन्टमा नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।

भेट्रान्स र मिश्रित विजेताले ३० तथा जुनियर विजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सबै इभेन्टका दोस्रो र तेस्रो हुनेले पनि नगद पाउने छन् । ब्याडमिन्टनको विकास र त्यसमा जुनियरको प्रतियोगितासमेत समावेश भएकाले काठमाडौं जिल्ला ब्याडमिन्टनले सहयोग गरेको संघका अध्यक्ष दीपक थापाले बताए । प्रतियोगिता पुस ४ सम्म चल्नेछ ।

Success

Thank you for your time.