default_image

5 years ago

December 4, 2018

‘खेलकुदमा खेलाडी मात्र करिअर हैन’

– सुबास हुमागाईं, काठमाडौं खेलकुद भन्ने वित्तिकै स्वभाविक रुपमा सबैको मस्तिष्कमा पहिला खेलाडीको नै परिकल्पना आउँछ । खेलको मुख्य पाटो खेलाडी नै हुन् पनि । तर एउटा स्तरीय खेलाडी बन्नका लागि खेलाडीसँगै खेल खेलाउने निर्णायक, प्रशिक्षक, लगायत अन्य प्राविधिक व्यक्तिको पनि भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहने गर्दछ । भारतको हैदराबादमा जन्मिएका सुधाकर भेमुरी उमेरले ६८ […]

83 views

0 Bookmark

– सुबास हुमागाईं, काठमाडौं

खेलकुद भन्ने वित्तिकै स्वभाविक रुपमा सबैको मस्तिष्कमा पहिला खेलाडीको नै परिकल्पना आउँछ । खेलको मुख्य पाटो खेलाडी नै हुन् पनि । तर एउटा स्तरीय खेलाडी बन्नका लागि खेलाडीसँगै खेल खेलाउने निर्णायक, प्रशिक्षक, लगायत अन्य प्राविधिक व्यक्तिको पनि भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहने गर्दछ ।

भारतको हैदराबादमा जन्मिएका सुधाकर भेमुरी उमेरले ६८ वर्ष भए । २३ वर्षको उमेरमा ब्याडमिन्टनमा लत लागेपछि सुधाकर त्यसयता ब्याडमिन्टनमै लागेर झन्डै ५० देश पुगिसके । खेलाडीका रुपमा करिअर बनाउन निकै ढिलो भइसकेको बुझेपछि उनी निर्णायक बन्न आकर्षित भएका थिए । सुधाकरले लगातार मिहिनेत गर्दै सन् १९९२ देखि सन् २००० सम्म तीन ओलम्पिकमा निर्णायकको भूमिका निर्वाह गरे । उनी यस्तो सफलता हासिल गर्ने हालसम्म पनि भारतका एक्ला व्यक्ति हुन् ।

भारतीय ब्याडमिन्टनले पछिल्लो समय विश्व मानचित्रमा नै पृथक पहिचान बनाएको छ । महिला ब्याडमिन्टनमा पछिल्लो समय पीभी सिन्धु र सानिया नेहवालजस्ता स्टार खेलाडी पाएको भारतले पुरुषतर्फ पनि श्रीकान्थ किदाम्बीको रुपमा दबदबा कायम गरिरहेको छ । तर पछिल्लो ३० वर्षदेखि भारतीय ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय स्तरमा उनले बेग्लै ढंगले प्रतिनिधित्व गरेका छन् ।

ब्याडमिन्टनको प्राविधिक पक्षमा उनले निर्णायकदेखि सुरु गरेको यात्रा अहिले ब्याडमिन्टन एसियाका सिनियर एसेसरको रुपमा कार्यरत छन् । उनले विभिन्न कार्यशाला र प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएका छन् । त्यसैक्रममा यस साता सुधाकर नेपालमा आइपुगेका हुन् । उनले नेपालमा जारी क्षेत्रिय अम्पायर कोर्षका लागि नेपालमा छन् । ८ राष्ट्रका ११ सहभागीलाई उनले प्रशिक्षण दिइरहेका छन् । मंगलबारदेखि सुरु भएको योनेक्स सनराइज अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा कोर्षमा सहभागी अम्पायरले खेल खेलाउनेछन् ।

पीभी सिन्धुलाई परिवर्तित नियमबारे सिकाउँदै भेमुरी सुधाकर । तस्बिर सौजन्य : एन जगन्नाथ दास

सुधाकरले खेलकुदमा खेलाडीमात्र नभएर अन्य भूमिकामा पनि करिअर बनाउन सकिने अनुभव सुनाए । ‘ खेलकुदमा सबै व्यक्ति खेल्नमा नै पोख्त हुन्छन् भन्ने हुँदैन । जसमा खेलप्रति औधि लगाव छ र जसले खेलमा लागेर केहि गर्छु भन्ने भावना राख्छ, उसको लागि अनेक बाटो हुन्छन् । मैले पनि २३ वर्षको उमेरमा खेल्न नै लागेको भए सफल नहुने सम्भावना बढी थियो । त्यसैले यो बाटो रोजे,’ उनले भने ।

सुधाकरका अनुसार कुनैपनि ठाउँमा उत्कृष्ट नतिजा लाग्न आफ्नो आत्मविश्वास र मनोभावना बलियो हुनु जरुरी छ । खेलकुदमा अझै त्यसले धेरै महत्व बोकेको हुन्छ । सुधाकरले ब्याडमिन्टन मात्र नभएर प्रत्यक खेलमा निर्णायकको भूमिका खेलाडीको प्रदर्शनका लागि पनि महत्त्वपूर्ण हुने बताए ।

‘खेलाडीले खेलमा बेलाबेलामा नियमबाहिर गएर गल्ति गरिरहेको हुन्छ । यसको नतिजा खेलाडीको प्रदर्शनमा गिरावट आउने र नतिजा नै विपक्षी खेलाडीको पक्षमा जाने पनि हुन सक्छ । राम्रो निर्णायक भएको अवस्थामा यस्ता गल्तिबारे खेलाडीले जान्नेछन् र फेरी दोहोर्याउने छैनन् । यसले खेलाडी मात्र नभएर समग्र खेलको स्तर उकास्न पनि सहयोग पुर्याउँछ,’ अनुभवी सुधाकरले थपे ।

दक्षिण एसियामा भने अम्पायरको हकमा खेल खेलाउने र नियम बुझ्ने राम्रो भएपनि भाषाका कारण समस्या रहेको भेमुरीले बताए । ‘अन्य राष्ट्रको तुलनामा दक्षिण एसिया क्षेत्रमा अंग्रेजी भाषा कमजोर छ । अन्तर्राष्ट्रिय रुपमा अंग्रेजी नै औपचारिक भाषा भएकाले हाम्रो क्षेत्र पिछडिएको हो’, उनले थपे, ‘यसैले पनि आउने युगलाई मेरो सल्लाह भाषामा पकड राम्रो गर्नुपर्छ भन्नेपनि छ ।’

नेपालमा जारी क्षेत्रीय कोर्षमा परीक्षार्थी जांच दिंदै, पार्श्वमा सुधाकर भेमुरी

पछिल्लो ३० वर्ष अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा लाग्ने क्रममा उनले विश्वका शीर्ष खेलाडीको खेल प्रत्यक्ष हेर्ने अवसर पाए । यसक्रममा उनले धेरै देश पनि घुमे । नेपालजस्तो विकसिल राष्ट्रले खेलकुदलाई प्राथमिकतामा राखेर विकासको कार्य गर्न कठिन हुने उनले पनि स्वीकारे । यसका लागि ब्याडमिन्टन एसियाले नेपाललाई सहयोग गर्दै आएको उनले बताए ।

‘नेपालजस्तो राष्ट्रको लागि सहयोग गर्न ब्याडमिन्टन एसियामा विकास समिति रहेको छ । उक्त समितिले खेलको विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ’, उनले भने, ‘नेपालको लागि पछिल्लो समय यसका लागि बजेट पनि आएको छ र त्यसको नतिजा निकट भविष्यमा पक्कै आउनेछ ।’

सुधाकरले अम्पायरका रुपमा त विश्वस्तरीय खेलाडीको खेलमा निर्णायकको भूमिका निर्वाह गरे नै, त्यसयता एसेसरका रुपमा पनि धेरै देशमा निर्णायक बन्न इच्छुक व्यक्तिहरुलाई प्रशिक्षण दिएका छन् । हाल नेपालमा रहेका शीर्ष ब्याडमिन्टन अम्पायरलाई पनि उनले प्रशिक्षण दिएका छन् । ब्राजिलमा सम्पन्न रियो ओलम्पिक २०१६ मा लाइन जज गरेका दीपक थापा पनि उनकै विद्यार्थी हुन् ।

ब्याडमिन्टनमै आफ्नो जीवन व्यतित गरेका सुधाकर अझै पनि बेलाबखत खेलाडीको रुपमा कोर्टमा उत्रन्छन् । उनमा अझैपनि २३ वर्षको उमेरमा जस्तो जोश छ तर प्रदर्शन भने उमेरसँगै खस्किएको छ । खेलाडीको रुपमा देशको नाम चिनाउन नपाएपनि उनले खेलको लागि जुन योगदान दिएका छन्, त्यसबाट शत प्रतिशत सन्तुष्ट रहेको बताउँछन् ।

Success

Thank you for your time.