default_image

9 years ago

August 30, 2015

ब्याडमिन्टन टोली भारत जाने

शान्त चिपल्कट्टी स्मृति एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार भारतको पुना जादै छ । सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने च्याम्पियनसिपमा समान ३–३ पुरुष/महिला गरी ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा दीपेश धामी, नविन श्रेष्ठ र गौतम कठायत तथा महिलामा जेसिका गुरुङ, सुनैया मुखिया र मेघा चन्द रहेका छन् । दीपेश र […]

56 views

0 Bookmark

शान्त चिपल्कट्टी स्मृति एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार भारतको पुना जादै छ ।
सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने च्याम्पियनसिपमा समान ३–३ पुरुष/महिला गरी ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

ब्याडमिन्टन टोली बिदाइ पछि सामूहिक तस्वीर खिचाउदै ।

ब्याडमिन्टन टोली बिदाइ पछि सामूहिक तस्वीर खिचाउदै ।

पुरुषमा दीपेश धामी, नविन श्रेष्ठ र गौतम कठायत तथा महिलामा जेसिका गुरुङ, सुनैया मुखिया र मेघा चन्द रहेका छन् । दीपेश र गौतम भरातकै बैंगलारुको छुट्टाछुट्टै स्थानमा प्रशिक्षणमा रहेकाले दुवै त्यतैबाट प्रतियोगितामा सहभागी हुने नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जानकारी गराए ।
नेपाली खेलाडीले पुरुष/महिला सिंगल्स र डबल्स तथा मिक्स गरी ५ स्पर्धामा भाग लिने छन् । प्रतियोगिताको कूल पुरस्कार राशी १५ हजार अमेरिकी डलर रहेको छ ।
सन् २०१३ मा भएको उक्त च्याम्पियनसिपमा दीपेश प्रिक्वाटरफाइनलमा पुग्ने नै नेपाली खेलाडीको सबैभन्दा ठूलो उपलब्धी हो ।
प्रशिक्षकमा मेघराज कठायत छन् भने अनुपरत्न शाक्यले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Success

Thank you for your time.