default_image

7 years ago

May 19, 2017

नेपाल एसियन छनोटको दोश्रो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३-० पराजित भएको छ। पहिलो सिंगल खेलमा नेपालका आरभ सम्राट हाडाले मोहम्मद रोमन होसेनसँग ६-३, ६-२ को हार व्येहोरे भने दोश्रो सिंगलमा आर्यन गिरिले मेहदी हसन अल्भेसँग ६-२,६-३ ले पराजित भए। डबल्समा आरभ र जुवेन रावतको जोडीले […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट अन्तर्गत शुक्रबार भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३-० पराजित भएको छ।

पहिलो सिंगल खेलमा नेपालका आरभ सम्राट हाडाले मोहम्मद रोमन होसेनसँग ६-३, ६-२ को हार व्येहोरे भने दोश्रो सिंगलमा आर्यन गिरिले मेहदी हसन अल्भेसँग ६-२,६-३ ले पराजित भए। डबल्समा आरभ र जुवेन रावतको जोडीले होसेन र जुबेद उत्सोको जोडीसँग ६-३, ६-३ को पराजय भोगेपछि बंगलादेशले ३-०ले विजयी भएको थियो।

ब्वाइजतर्फ भारतले भुटानलाई ३-०ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गर्यो। यसैगरी श्रीलंका माल्दिभ्सलाई ३-०ले पराजित गर्दै पाँचौ स्थानमा रह्यो।

गर्ल्सतर्फको फाइनलमा भारतले श्रीलंकालाई ३-०ले हराउँदाई उपाधि जित्यो। गर्ल्सको तेश्रो स्थानको लागि भएको खेलमा नेपालले बंगलादेशलाई ३-०ले पराजित गर्यो।

Success

Thank you for your time.