default_image

9 years ago

September 12, 2015

टेबलटेनिसमा एभीएमको वर्चश्व

काठमाडौं, भदौ २६ गते । आदर्श विद्या मन्दिर (एभीएम) ले चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगितामा शनिबार वर्चश्व कायम गरेको छ ।   प्रतियोगितामा समावेश ६ स्पर्धामा एभीएमले ५ स्वर्ण जित्दै वर्चश्व कायम गरेको हो । बााकी एक स्वर्ण प्रभात इङलिस हायर सेकेन्डरी स्कुलको नाममा रह्यो । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा […]

46 views

0 Bookmark

काठमाडौं, भदौ २६ गते ।
आदर्श विद्या मन्दिर (एभीएम) ले चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगितामा शनिबार वर्चश्व कायम गरेको छ ।

6 (3)

 

प्रतियोगितामा समावेश ६ स्पर्धामा एभीएमले ५ स्वर्ण जित्दै वर्चश्व कायम गरेको हो । बााकी एक स्वर्ण प्रभात इङलिस हायर सेकेन्डरी स्कुलको नाममा रह्यो ।
शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा पुष्पकुञ्ज माविद्वारा संयुक्त आयोजित प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा एभीएमका रितिज जोशीले स्वर्ण जिते । उनले फाइनलमा एभीएमकै आशिष शर्मालाई ११–२, ११–७ र ११–४ को सोझो सेटमा पराजित गरे । एभीएमका सुधाकर खत्री र विजय तामाङ संयुक्त रुपमा तेश्रो भए ।
सोही स्पर्धाको गल्र्समा एभीएमकी दीक्षा तामाङ पहिलो भइन् । दीक्षाले फाइनलमा एभीएमकै लश्ता महर्जनलाई ८–११, ११–४, ११–९ र ११–३ को सेटमा हराइन् । श्री ज्ञानमन्दिरकी अनुष्का प्रसाईं र एभीएमकी सिक्का सुवाल तेश्रो बने ।
यु–१६ का विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रो हुनेले २/२ हजार नगद पुरस्कार जिते ।
टिम इभेन्टको ब्वाइज र गल्र्स दुवैमा एभीएम पहिलो भयो । एभीएमले ब्वाइजमा प्रोक्सिमा इन्टरनेसनल एकेडेमीलाई ३–१ तथा गल्र्समा प्रभातलाई ३–० ले पाखा लगाउदै पहिलो स्थान कब्जा गर्‍यो । टिम इभेन्टमा नगद पुरस्कार थिएन ।
सामाखुशीस्थित आयोजक पुष्पकुञ्जमा भएको ब्वाइज यु–१२ सिंगल्समा एभीएमका सन्योग कपालीले प्रोक्सिमाका रेखन तामाङलाई ११–९, ११–४ र ११–८ ले पन्छ्याउदै स्वर्ण जिते । प्रोक्सिमाका मदन तामाङ र ग्यालेक्सी पब्लिक स्कुलका उपेन पराजुली तेश्रो स्थानमा रहे । अघिल्लो दिन सो स्पर्धाको गल्र्समा प्रभातकी अन्जु सुवाल पहिलो भएकी थिइन् । यु–१२ मा पहिलो हुनेले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले १/१ हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई जनाधार क्याम्पसका अध्यक्ष माधवलाल महर्जन, अखिल नेपाल टेबलटेनिसका अध्यक्ष चतुरानन्दराज वैद्य, पुष्पकुञ्जका संस्थापक प्रिन्सिपल एकबहादुर आले, सोफेसका अध्यक्ष प्रा.डा रामकृष्ण महर्जनलगायतले पुरस्कार वितरण गरे । दुईदिने प्रतियोगितामा विभिन्न २९ विद्यालयका २०० खेलाडीले ६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

Success

Thank you for your time.