default_image

7 years ago

November 3, 2016

उच्च शिक्षका लागि टेबलटेनिसकी एरिका अस्ट्रेलिया जाने

काठमाडौं (हाम्रो खेलकुद) टेबलटेनिस खेलाडी एरिका महर्जन उच्च शिक्षाका लागि शुक्रबार अस्ट्रेलिया जाने भएकी छन् । राष्ट्रिय टेबलटेनिस महिला खेलाडीको पाँचौं वरीयताकी एरिकालाई काठमाडौं जिल्ला टेबलटेनिस संघले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार बिदाइ गर्‍यो । जिल्ला अध्यक्ष समेत रहेका अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्य, केन्द्रीय सचिव एवं टेबलटेनिस मुख्य प्रशिक्षक शंकर गौतम, […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)

टेबलटेनिस खेलाडी एरिका महर्जन उच्च शिक्षाका लागि शुक्रबार अस्ट्रेलिया जाने भएकी छन् । राष्ट्रिय टेबलटेनिस महिला खेलाडीको पाँचौं वरीयताकी एरिकालाई काठमाडौं जिल्ला टेबलटेनिस संघले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार बिदाइ गर्‍यो ।

erika-maharjan

जिल्ला अध्यक्ष समेत रहेका अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्य, केन्द्रीय सचिव एवं टेबलटेनिस मुख्य प्रशिक्षक शंकर गौतम, केन्द्रीय सदस्य एवं पूर्व खेलाडी सन्ध्या शाक्य, टेबलटेनिस पूर्व मुख्य प्रशिक्षक रमेशराज जोशी, सिनियर-जुनियर खेलाडी, प्रशिक्षकलगायतले एरिकालाई सफलताको शुभकामना दिदै बिदाइ गरे ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा एरिकासंग २०१५ मा थाइल्यान्डमा भएको एसियाली टेबलटेनिस प्रतियोगिता र भारतमा यसै वर्ष सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेको अनुभव छ । १० वर्ष निरन्तर टेबलटेनिस खेलेकी एरिकाले पाकिस्तान, भारत र बंगालादेशमा भएको दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिताको तीन फरक संस्करणमा कांस्य जितेकी थिइन् ।

एरिकाका दाजु राकेश, भाउजु नविता श्रेष्ठ (पाँचपटककी राष्ट्रिय च्याम्पियन) र दिदी एलिना (दोश्रो वरीयता) पनि टेबलटेनिस खेलाडी हुन् । एरिका नयाँबजारस्थित प्राइम कलेजमा बीबीएस तेश्रो वर्षमा अध्ययनरत थिइन् ।

Success

Thank you for your time.