5 months ago
July 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा आज नेपाल एपिएफ क्लब र संकटा क्लब विजयी भएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
एपिएफको जितमा सुशान्त जिएम, आदर्श मिचि र प्रशिशा खनालले समान १ गोल गरे । आर्मीका लागि शोहित वाइबाले सान्त्वना गोल फर्काए ।

आजै भएको दोस्रो खेलमा संकटा क्लबले प्लानिङ ब्वाइजलाई ४-१ ले पराजित गर्यो । संकटाको जितमा प्रज्वल कुमार लुर्मीले ह्याट्रिक पूरा गरे ।
अर्को गोल कुलदिप तितुङले गरे । प्लानिङका लागि रविन लुङ्गेली मगरले १ गोल फर्काए ।
December 7, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]