default_image

एजेन्सी – रियल म्याड्रिडका दोस्रो रोजाईका गोलरक्षक केलर नाभास फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन् ।

प्रशिक्षक जिनेदिन जिदानले नाभासलाई पहिलो रोजाइमा राख्न नसक्ने प्रष्ट पार्दै क्लब छाड्न छुटकारा दिएपछि नाभासले पीएसजीको प्रस्ताव स्वीकारेका हुन् । पीएसजीले रियल म्याड्रिडसमक्ष नाभासलाई १५ मिलियन युरोमा अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो । यस प्रस्ताव स्वीकार गरेसँगै फ्रान्सेली टोलीबाट गोलरक्षक अल्फोन्स आरिओला भने एक सिजनका लागि लोनमा रियल म्याड्रिड जानेछन् ।

आरिओला फ्रान्सेली राष्ट्रिय टोलीमा समेत रहेकाले केहि दिनपछि मात्र उनलाई रियलले सार्वजनिक गर्नेछ । नाभास भने अब दुई दिनभित्र पीएसजी खेलाडीका रुपमा सार्वजनिक हुनेछन् । जिदानले थिबाउट कोर्टुवालाई आफ्नो पहिलो रोजाइका रुपमा राखेपछि नाभास क्लब छाड्न बाध्य भएका हुन् । रियलमा अब आरिओलासँगै आन्द्रिय लुनिन दोस्रो रोजाईका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Success

Thank you for your time.