default_image

9 years ago

November 26, 2016

एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीमा पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्नेछ । नेपालले टस जितेर ब्याटिङ रोजेको हो । खेल केही समयमा  सुरु हुनेछ ।

trophy

रुविना क्षेत्रीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा सबनम राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी ,सरिता मगर, सिता रानामगर, नेरी थापा मगर, निरा राजोपाध्याय रोशनी बोहरा, शोभा आले र संगिता राई छन् । शोभाले पुनरागमन गरेकी हुन् भने संगिता पहिलो पटक टोलीमा समेटिएकी हुन् । टोलीको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्व खेलाडी राजु बस्न्यात छन् ।

logo378
यसअघि पहिलो खेलमा भारतले बंगलादेशलाई ६४ रनले हराएको छ । पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । जवाफमा बंगलादेशले १८.२ ओभरमा सबै विकेट गुमाएर ५४ रन मात्र बनाउन सक्यो ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.