2 hours ago
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् ।
कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्।
११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका कप्तान तथा भरपर्दा खेलाडी दीपेन्द्र सिंह ऐरीलाई १३ रनमा ट्रम्पलम्यानद्वारा क्याच आउट भए।
रोहितले पाँचौं बलमा दीपक बोहरालाई गोल्डेन डक आउट गरे। उनी सन्दीप जोराद्वारा समातिए। त्यसपछि यो ओभरको छैटौं तथा अन्तिम बलमा पुनित मेहरालाई पनि गोल्डेन डक आउट गरे। उनी एलबिडब्लु आउट भए।
रोहित एनपिएलमा नै ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बने। यसअघि काठमाडौं गोर्खाजका साहब अलामले पोखरा एभेन्जर्स विरूद्ध ह्याट्रिक विकेटको सफलता प्राप्त गरेका थिए। उनले सो खेलमा ह्याट्रिक सहित ६ विकेट लिएका थिए।
रोहितले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिंदै प्रभावशाली बलिङ गरे। यो सँगै जारी एनपिएलमा विकेट संख्या १० पुर्याएका छन्। रोहितले रन पनि २ सय कटाइसकेका छन्।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सको सामना लुम्बिनी लायन्सले गर्दैछ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्। लुम्बिनीले आज प्लेइङमा एक खेलाडी परिवर्तन गरेको छ। जेजे स्मिथको स्थानमा मोभिन सुभासिंहालाई मौका दिइएको छ। सुदूरपश्चिमले आज २ परिवर्तन गरेको […]