9 years ago
December 1, 2016
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीमा सहभागी ६ टोली मध्ये नेपालको प्रदर्शन सबैभन्दा कमजोर रहँदै आएको छ । नेपालको बलिङ ठिक ठाककै भएपनि ब्याटिङ सबैभन्दा कमजोर रहँदै आयो ।
कुनै पनि खेलमा नेपाली टोली लामो समय टिक्न सकेन । थाइल्यान्डसँग बनाएको ६३ रननै टोलीले पछिल्ला ४ खेलमा बनाएको सबैभन्दा बढी योगफल हो । अघिल्ला ४ खेलमा निराशाजनक प्रदर्शन गरेको नेपालले अन्तिम खेल शुक्रबार साविक विजेता भारतविरुद्ध खेल्दैछ । भारत त्यो टोली हो जसले अन्तिम खेल अघि नै एसिया कपको फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । प्रतियोगिताबाट बाहिरी सकेको नेपालले सहभागी मध्ये सबैभन्दा सफल टोलीसँग प्रतिस्पर्धा गर्दा झनै बढी दबाब खेप्नु पर्ने छ ।

पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित नेपाल श्रीलंका ८ विकेटले पराजित भएको थियो । त्यस्तै अन्य दुई खेलमध्ये नेपालले बंगलादेशसँग ९२ रन र बिहीबार थाइल्यान्डसँग ८ विकेटको हार बेहोरेको थियो । टेस्ट खेल्ने चार राष्ट्रविरुद्ध नेपालको प्रदर्शन कमजोर प्रदर्शन रहने अपेक्षित नै थियो । तर बराबर स्तरको मानिएको थाइल्यान्डविरुद्ध पनि ६३ रनमा अलआउट हुनुले नेपाली टोलीको कमजोरी प्रष्ट देखिएको छ । भारतसँग जति लामो समय मैदानमा टिक्न सक्छ, त्यसैले नेपालको यात्रालाई थोरै मात्र भएपनि सुखद बनाउन सक्ला, अन्यथा एसिया कपमा नेपालको यात्रा बिर्सनलायक हुनेछ ।
राउन्ड रोविनपछि शीर्ष दुई टोलीबीच फाइनल हुनेछ । सबै ४ खेल जितेको भारतको ८ अंक छ भने दोस्रो स्थानको पाकिस्तानको ६ अंक । समान ४ अंक भएका श्रीलंका तेस्रो र बंगलादेश चौथो स्थानमा छ । थाइल्यान्डको २ अंक छ भने नेपाल अंक बिहिन छ ।
| TEAMS | M | W | L | Pts | NRR |
| India* | 4 | 4 | 0 | 8 | +2.16 |
| Pakistan | 4 | 3 | 1 | 6 | +1.42 |
| Sri Lanka | 4 | 2 | 2 | 4 | +1.18 |
| Bangladesh | 4 | 2 | 2 | 4 | +0.31 |
| Thailand | 4 | 1 | 3 | 2 | -1.74 |
| Nepal | 4 | 0 | 4 | 0 | -3.17 |
* India have qualified for Sunday’s final
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]