9 years ago
December 8, 2016
भारत र इङ्ल्यान्ड बिचको चौथो टेस्टको पहिले दिनमा इङ्ल्यान्डको लागी पहिलो खेल खेलेका २४ बर्षिय किटोन जेनिङ्सले शतक प्रहर गरेपछी इङ्ल्यान्ड पहिलो दिनको अन्त्यमा ५ विकेट गुमाउदै २८८ रन बनाउन सफल भएको छ ।

कुकसङ ९९ रनको साझेदारी बनाउदा कुकले ४६ रन जोडे । त्यस्तै मोइन अलि सङ ९४ रनको सझेदारी बनाउदै जेनिङ्सले आफ्नु शतक पुरा गरेका थिए । अलि भने ५० रन बनाएर आउट भए । जेनिङ्सले २१९ बलको सामना गर्दै १३ चौकाको मद्धतले ११२ रन जोडे ।
भारतको लागी आस्विनले सर्वाधिक ४ विकेट लिए । ३० ओभर गर्का आस्विनले ३ मेडेन गर्दै ७५ रन खर्चिएर ४ विकेट लिएका हुन ।
चौथो टेस्टमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डको २ टेस्ट जित्दै सिरिज बराबर दाउ हुनेछ । यसघी पहिलो टेस्ट बराबरिमा सकिएको थियो भने दोस्रो र तेस्रो टेस्ट भारतले कबजा गरेको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]