default_image

3 years ago

November 5, 2022

कर्णालीलाई हराउँदै एपिएफ सेमिफाइनलमा, रविन्द्रको जिम्मेवारी ब्याटिङ

681 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

जितको लागि २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४८.१ ओभरमा १ सय ९० रनमा अल आउट भयो । कर्णालीका कप्तान तथा ओपनर रविन्द्रजंग शाहीले १ सय ३८ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए ।

कर्णालीका कप्तान रविन्द्रजंग शाही बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । रविन्द्रलाई अन्तिम विकेटको रुपमा पुरन विकले बोल्ड गरेका थिए ।

तेस्रो विकेटका लागि विपिन शाही र रविन्द्रले ५९ रनको साझेदारी गर्दै एक समय बलियो अवस्थामा पुर्याएका थिए । विपिन शरद भेषवाकरको बलमा मिडअफमा प्रदीप ऐरीबाट क्याच आउट भएपछि कर्णालीले लगातार विकेट गुमाएको थियो । विपिनले ५१ बलमा ५ चौका प्रहार गरे ।

तीव्र गतिका बलर कमलसिंह ऐरीले ओपनर विपिन रावललाई एक रनमा बोल्ड गरे । त्यसपछि क्रिजमा आएका अनुज घर्तीले २१ बलमा ४ चौका र १ छक्कासहित २७ रन जोड्दै राम्रो सुरुवात दिलाए ।

अर्जुन कमलको बलमा एलबीडब्लू आउट भए । त्यसपछि लेगस्पिनर मौसम ढकालले कर्णालीको मध्यक्रम धरासयी बनाएका थिए । खराब सट खेल्दै हिमान्शु शाही एक, अवाश शाह र प्रकाश जैशीले खाता खोल्न सकेनन् ।

दिवान पुन ८ र दीनेश अधिकारी २० रनमा आउट भए । अधिकारीले १७ बलमा २ चौका र १ छक्का हाने । अनुज चनाराले २६ बलमा एक चौकासहित ७ रन बनाए । अन्तिम विकेटका लागि अनुज र रविन्द्रजंग शाहीले ३१ रनको साझेदारी गरेका थिए ।


नेपाल एपिएफ क्लबका मौसम ढकालले १० ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए । भुवन कार्कीले १० ओभरमा २३ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरीले १० ओभरमा ३ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए । पुरन र शरदले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफ ४७.२ ओभरमा २ सय ३४ रनमा अल आउट भयो । एपिएफका ओपनर आसिफ शेखले १ सय ३६ बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ३० रनको सानदार शतकीय इनिङ खेले । उनी अन्तिम विकेटको रुपमा प्रकाश जैशीको बलमा बोल्ड आउट भए ।

आसिफ बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आसिफले १ सय ८ बलमा आफ्नो राष्ट्रिय प्रतियोगिताको पहिलो शतक हाने । करिअरको दोस्रो शतक हो । आसिफले यसअघि २०१६ को एभरेष्ट प्रिमियर लिगमा पञ्चकन्या तेजबाट १ सय ११ रन हानेका थिए । उनी टि२० फ्रेन्चाइजमा शतक हान्ने पहिलो नेपाली खेलाडी हुन् । ५० ओभरको खेलमा पहिलो पटक शतक हानेका हुन् ।

आसिफले ४१ औं ओभरको पहिलो बलमा कप्तान रविन्द्रजंग शाहीलाई चौका हान्दै शतक पूरा गरेका थिए । आसिफ जारी प्रतियोगितामा शतक हान्ने तेस्रो खेलाडी हुन् । यस प्रतियोगितामा पुलिसका दीपेन्द्रसिंह ऐरीले बागमतीविरुद्ध १ सय ८ रन हानेका थिए । प्रदेश एकका अंकित सुवेदीले बागमतीविरुद्धनै १ सय १० रनको इनिङ खेलेका थिए ।

ओपनर प्रदीप ऐरी २९ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए । प्रदीप दीनेश अधिकारीको बलमा बोल्ड भएका थिए । आयुषमान बम ३ र लोेकेश बम १० रनमा आउट भए । लोकेश रन आउट भएका थिए ।

सन्दीप जोरा ५, पुरन विक ४, शरद भेषवाकर ६, दीपक बोहरा १० र कमल ऐरी ४ रनमा आउट भए । भुवन कार्कीले २३ बलमा १ चौका र १ छक्कासहित २३ रनमा आउट भए ।

कर्णालीका प्रकाश जैशीले ७।२ ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र रावतले १० ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । दिवान पुनले १० ओभरमा १ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए ।

एपिएफ ४ खेलमा ३ मा जित र एक खेलमा टाइ हुँदा ७ अंकका साथ शीर्ष स्थानमा छ । एपिएफ शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने पक्का भएको हो । एपिएफले आर्मीलाई ५६ र सुदूरपश्चिमलाई १० विकेटले पराजित गरेको थियो । गण्डकी प्रदेशसँग अंक बाँडेको थियो ।

यता आइतबार गण्डकी र आर्मीबीच मुलपानीमा प्रतिस्पर्धा हुनेछ । गण्डकी विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । गण्डकी ३ खेलमा २ मा जित र एक खेल टाइका साथ ५ अंक जोड्दै दोस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लब २ खेलमा १ जित र १ मा हार सहित तेस्रो स्थानमा छ । दुई खेल खेलेको कर्णाली र तीन खेल खेलेको सुदुर बाहिरिएका छन् ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.