3 years ago
November 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशका कप्तान देव खनाल र प्रदेश नम्बर एकका सिद्धान्त लोहनीले उत्कृष्ट ब्याटिङ गरेका छन् ।

टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश एकलाई ३९ रनले हरायो । तर दुबै टोलीका कप्तानले उत्कृष्ट प्रदर्शन गरे । जितको लागि २ सय ९१ रनको बलियो विजयी लक्ष्य पछ्याएको प्रदेश एक ४६ ओभरमा २ सय ५१ रनमा अल आउट भयो ।
कप्तान सिद्धान्त लोहनीले ६० बलमा १० चौका र २ छक्कासहित ७४ रनको उत्कृष्ट इनिङ खेले । सिद्धान्त बसिर अहमदको बलमा एलबीडब्लू आउट भए । प्रदेश एकलाई ओपनर अंकित सुवेदी र निरज मुखियाले १२.३ ओभरमा ८५ रनको साझेदारी गर्दै विष्फोटक सुरुवात दिलाएका थिए ।
अंकित ४८ बलमा १० चौकासहित ५२ रनमा आउट भए । अंकित रन आउट भएका थिए । मुखिया ३७ बलमा १० चौकासहित ४६ रनमा आउट भए । विवेक आनन्द मेहता ७, मिनाश थापा शून्य, फिर्दोस अन्सारी १६, सोनु अन्सारी ३, श्रवण यादव १५ र सोनु मण्डल २० रनमा आउट भए । लुम्बिनी प्रदेशका दुर्गेश गुप्ता, बसिर अहमद र देव खनालले दुई दुई विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनायो । लुम्बिनीको लागि ओपनर देव खनालले ९८ बलमा ११ चौकासहित सर्वाधिक ८९ रन बनाए । देव रन आउट भएपछि शतक बनाउन चुकेका थिए ।
आकाश त्रिपाठी ७१ बलमा ४ चौका र १ छक्कासहित ४५ तथा सन्दीप रजालीले ३८ बलमा ४ चौका र १ छक्कासहित ४४ रन बनाए । कृष्ण कार्कीले २३ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । विशाल विक्रम केसीले ३६ बलमा ५ चौकासहित ३२ र बसिर अहमद १३ रनमा आउट भए । प्रदेश एकका दीपक जोशीले ९ ओभरमा १ मेडनसहित ५५ रन खर्चेर ४ विकेट लिए । श्रवण यादवले दुई विकेट लिए ।
समूह बी मा लुम्बिनी ४ खेलमा २ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । मधेश प्रदेश २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । मधेशले अव बागमती र पुलिससँग खेल्न बाँकी छ ।
यी दुई खेल मध्य एक खेलमा मधेश विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । यदि यी दुबै खेलमा झिनो अन्तरले पराजित हुँदा पनि सेमिफाइनलमा पुग्नेछ । भारी अन्तरले हारे भने लुम्बिनी पुग्न सक्छ ।
मधेशको नेटरनरेट प्लस १.६४० छ । लुम्बिनीको माइनस ०.२६५ छ । पुलिस भने ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगि सकेको छ । बागमती जित विहीन हुँदै पुछारमा रहेर एक खेल अगावै बाहिरिएको छ । https://www.youtube.com/watch?v=SMwWaw9qgPo
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]