9 years ago
December 27, 2016
पोखरा (हाम्रो खेलकुद) – तमु सहयोग समिति पार्दी ‘बी’ र आँधी खोला तमु समाज तमु धिं नेपाल ‘ए’ दोश्रो अन्तर तमु समाज ल्होछार भलिवल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

तमु धिं नेपालको भलिवल कोर्टमा पार्दी बी ले तमु चारभञ्ज्याङ तमु समाजलाई २८—२६, १८—२५, २५—२२ र २५—२१ ले तथा आँधीखोलाले तमु समाजले तमु सहयोग समिति पार्दीलाई २५—९, २५—१२ र २५—१७ पराजित गर्दै एकअर्कासँगको भेट पक्का गरेका हुन् ।
त्यसअघि क्वार्टरफाइनलमा आँधीखोलाले याङ्जाकोटलाई २५—१२ र २५—९ ले पार्दी बीले दुधपोखरी तमु समाजलाई २५—२०र २५—२३ ले , पार्दी ए ले तनहुँलाई २५—२० र २५—२३ र चारभञ्ज्याङले खिलाङ तमु समाजलाई २५—१७, २२—२५ र २५—२२ ले हराएको थियो ।
तमु जातिको नयाँ बर्ष, राष्ट्रिय चाड ल्होछारको अवसरमा तमु धिं नेपालले आयोजना गरेको प्रतियोगिताको विजेताले ३० हजार, दोस्रो टोलीले २० र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पाउने प्रतियोगिताका संयोजक वीरबहादुर तमुले जानकारी दिए । उत्कृष्ट खेलाडी र अनुशासित टोलीले समान २ हजार रुपैयाँ पाउनेछन् । फाइनल र तेस्रो स्थानको खेल बुधबार हुनेछ ।
December 7, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]