10 years ago
August 12, 2015
काठमाडौं, साउन २७ (हाम्रो खेलकुद संवादताता)
नेपाली क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले आज सााझ कार पाउादैछन् । होटल क्राउन प्लाजामा साझ आयोजना हुने कार्यक्रममा विनोदलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले कारको सााचो हस्तान्तरण गर्नेछन् ।
उनले झन्डै ३९ लाख रुपैयाा बराबरको सुजुकीको सियाज कार पाउादैछन् । तर, विनोदले पाउने कारमा नेपाल क्रिकेट संघ (क्यान) को भन्दा उनकै बढी लगानी परेको छ । सरकारले उनको कारका लागि २० लाख २६ हजार कर छुट गराइदिएको छ । क्यानले कारका लागि ५ लाख रुपैयाा प्रदान गरेको थियो । बााकी रकम विनोद आफैले बेहोरेका हुन् । क्रिकेट खेलाडीका रुपमा कार पाउने उनी पहिलो खेलाडी हुनेछन् । दुई बर्ष अघि विश्व ट्वान्टी २० मा उच्च प्रदर्शन गर्ने खेलाडीलाई टोयटाले कार दिने घोषणा गरे अनुसार अहिलेका नेपाली टोली कप्तान पारस खड्काले कार पाउने बताइएको थियो । तर, अहिले सम्म उनले कार पाएका छैनन् ।
गत बर्ष चैत अन्त्यमा विनोदले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए । अस्ट्रलियाका क्रिकेटर फिल ह्युजको सम्झनामा चैत २८ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट विनोदको अन्तिम खेल थियो । त्यहि खेलको समाप्तीसागै विनोदको सम्मानमा त्यो खेलमा उपस्थित हजारौं दर्शकले ताली बजाएका थिए । त्यति बेला उनी निकै भावुक भएका थिए । त्यहि खेलबाट उठेको रकमबाट क्यानले विनोदलाई दिने कारका लागि ५ लाख रुपैयाा छुट्टाएको थियो । त्यसपछि क्यानले कार दिलाउन कुनै पहल गरेन । विनोद आफैले फाइल बोकेर सरकारी प्रक्रिया पुरा गरेका थिए । उनी अहिले राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षकका रुपमा कार्यरत छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]