default_image

3 years ago

January 28, 2023

महिला यू-१९ विश्वकपः अष्ट्रेलियामाथि रोमान्चक जितसँगै इंग्ल्यान्ड फाइनलमा

303 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले दक्षिण अफ्रिकामा जारी आइसिसी महिला यू-१९ विश्वकपको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियामाथि तीन रनको रोमान्चक जित हात पार्दै फाइनलमा पुगेको छ । पहिलो पटक भएको यू-१९ महिला विश्वकपको फाइनलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

जितको लागि एक सय रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १८.४ ओभरमा ९६ रनमा अल आउट भयो । अष्ट्रेलियाकी एमी स्मिथले २६ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाइन् । एला हेवर्ड १६ र क्लेयर मूरले २० रन बनाइन् ।

अन्य कुनैपनि अष्ट्रेलिया ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । इंग्ल्यान्डकी हन्ना बेकेरले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । ग्रेस स्क्रिवेंसले दुई विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड १९.५ ओभरमा ९९ रनमा अल आउट भयो । इंग्ल्यान्डकी एलेक्सा स्टोनहाउसले ३३ बलमा २ चौकासहित सर्वाधिक २५ रन बनाइन् । ओपनर तथा कप्तान ग्रेस स्क्रिवेंसले २० बलमा २ चौकासहित २०, सेरेन स्मेल १० र जोसी ग्रोव्सले १५ रन बनाइन् ।

अष्ट्रेलियाकी म्यागी क्लार्कले ३.५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन् । एला हेवर्ड ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिइन् । सियाना जिगेरले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । फाइनल आइतबार हुनेछ । पहिलो सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ८ विकेटले हराएको थियो ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.