default_image

3 years ago

January 29, 2023

क्यानकै केन्द्रीय सदस्यहरुले मागे नेतृत्वको राजीनामा

439 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का ७ केन्द्रीय सदस्यले नेपाल टि२० लिगमा भएका विविध गल्तीको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउँदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गरेका छन् ।

क्यानको केन्द्रीय समितिमा रहेका ७ सदस्यले पटक पटक सचेत गराउनुका बाबजुद कार्यसमितिलाई गुमराहमा राख्दै विवादित संस्थालाई जिम्मेवारी दिएको खुलासा गरे । क्यान नेतृत्वको कार्यप्रति असन्तुष्ट रहेको समूहले विना कुनै जानकारी विवादित सम्झौता पटक पटक संशोधन गरेपनि कार्यसमितिलाई कुनै जानकारी नदिएको दावी गरे ।

केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पत्रकार सम्मेलन गर्दै धारणा सार्वजनिक गरेका हुन् ।

क्यानको कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशनबहादुर सिंह र सदस्यद्वय दुर्गाराज पाठक र पदम खड्का छन् । समितिले कार्यसमिति बैठकमा कुनै जानकारी नदिई पटक पटक क्यानको गतिविधि अघि बढाएको आरोप लगाए । नेपाल टि२० लिगसँगै प्रशिक्षक नियुक्ति, अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यापारिक अधिकार, घरेलु‌ प्रतियोगिता आयोजना, लगायत विविध विषयमा कार्यसमितिमा कुनै छलफल नहुने पनि बताए ।

असन्तुष्ट समूहले पटक पटक सचेत गराउनका बावजुद त्यहि कम्पनिलाई नेपाली क्रिकेट सुम्पने हठ गर्ने नेतृत्व अहिले आएर माफी मागेको भरमा पन्छिन नमिल्ने जनाएका छन् । क्यान नेतृत्वले विहीबार पत्रकार सम्मेलनमार्फत गल्ती स्विकार गरेको थियो । तर असन्तुष्ट पक्षले उक्त धारणा क्यानको आधिकारिक नभएर नेतृत्व समूहको व्यक्तिगत धारणाको रुपमा लिनुपर्ने बताए ।

नेतृत्व समूहले राजीनामा गरेर नेपाल टी-२० लिगका दौरान भएका गल्तीको छानविन गर्न सम्बन्धित निकायहरुलाई सघाउनुपर्ने माग असन्तुष्ट पक्षको छ । यसबाहेक नेपाल टि२० लिगको गभर्निङ काउन्सिल पनि कारवाहीको दायरामा आउनुपर्ने माग समूहको छ ।

सदस्य छुम्बी लामाले नेतृत्व आफैंले एक समय खराब भनेको संस्थालाई विना जानकारी सम्झौता गर्नु शंकास्पद रहेको बताए । ‘बोर्ड बैठकमा हामीलाई सेभेन थ्री स्पोर्ट्स खराब कम्पनी भनेर कुनै हालतमा सम्झौता नहुने भनियो । हामीले ताली बजाएर त्यसको स्वागत गर्यौं । पछि साधारण सभाबाट पुन: बोर्डलाई जिम्मेवारी दिएपछि त्यसै संस्थासँग सम्झौता गरियो,’ लामाले भने ।

‘हामीले पटक पटक यसबारे सचेत गराएका हौं । तर न हाम्रो कुरा सुनियो, न माग अनुसार सम्झौता हेर्न पाइयो । तीन पटक सम्झौता संशोधन गरिएको भन्ने मिडियाबाट सुनिन्छ, तर हामीलाई केही जानकारी छैन ।’

अर्का सदस्य ऋषिराम गौतमले क्यान निलम्बनबाट बचाउनुपर्ने र नेतृत्वले राजीनामा नदिए आउने दिनमा अरु कदम चाल्ने बताए । ‘हामी क्रिकेट बचाउन आएका हौं । क्यानलाई निलम्बनबाट बचाउनु पर्छ । हस्तक्षेप गर्नुपर्छ भन्ने हाम्रो माग होइन, तर गलत गर्नेलाई कारवाही हुनुपर्छ । वर्तमान मात्र नभएर भविष्यमा पनि यस्ता गल्ती नहोस् भन्न हामी यहाँ आएका हौं,’ गौतमले भने ।

यस्तै नेपाल टी-२० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्त विक्रम मल्लसँगै सदस्यहरु दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्रीका जतिन अहलुवालिया पनि दोषी भएको समूहको ठम्याइ छ । क्यानका कर्मचारी सिग्देललाई काउन्सिलमा संलग्न गर्नु नै गलत रहेको सदस्य लामाले बताए ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.