default_image

3 years ago

January 29, 2023

मोन्टीको आगमनसँगै राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु

352 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – दुई सातापछि घरेलु मैदान टियुमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग खेल्ने राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षकको रुपमा भारतीय मोन्टी देशाई नेपाल आएसँगै आइतबारदेखि प्रशिक्षण सुरु गरेको छ।

नेपालको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त भने हुन सकेका छैनन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति नदिँदा नियुक्त हुन सकेको छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भने मोन्टीको नाम स्वीकृति दिई सकेको छ । तर राखेपले भने स्वीकृति दिन ढिलाई गरेको छ । क्यान प्रशिक्षक छनोट समिति र कार्यसम्पादन समितिले पास गरेर गत आइतबार नै राखेपलाई मोन्टीको नाम पठाएको थियो । राखेपको स्वीकृतिपछि क्यानले मोन्टीको नाम मुख्य प्रशिक्षकको रुपमा सार्वजनिक गर्नेछ ।

मोन्टीले शनिबार दिउँसो नेपाल आएका थिए । पहिलो दिन मोन्टीले सुरुमा टियु परिक्षण गरे । त्यसपछि खेलाडीहरुसँग छोटो कुराकानी गरे । पहिलो दिन नै टोलीका केहि खेलाडीले यो यो टेस्ट गराएका छन् । ब्याटर र बलरलाई नेटमा अभ्यास गराएका थिए । विशेषगरि मोन्टीले ब्याटर र बलरलाई पहिलो दिन हेरेका छन् । मोन्टीले कप्तान रोहित पौडेलसँग केहि समय लिँदै खेलाडी र टिमबारे जानकारी लिएका थिए ।

नेपालले गत शुक्रबार २८ सदस्य टोली घोषणा गरेको थियो । उक्त टोलीबाट नेपालले दुई साता प्रशिक्षणपछि अन्तिम टोली घोषणा गर्नेछ । पछिल्लो समय मोन्टीले नेपाली क्रिकेट टोलीलाई निकै नजिकबाट निहाल्दै आएका छन् । मोन्टी २०१७ पछि नेपाल फर्किएका हुन् । २०१७ को यू–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले हराउँदा मोन्टी नेपालका ब्याटिङ सल्लाहकार थिए । मोन्टीले ब्याटिङ सल्लाहकारको रुपमा नेपालको सिनियर टोली समेत हेरि सकेका छन् ।

नेपालले पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ ।

नेपाल २४ खेलमा ८ मा जितसहित १८ अंक जोड्दै छैटौं स्थानमा छ । नेपालले अब विश्वकप लिग २ मा १२ खेल खेल्न बाँकी छ । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नु पर्ने हुन्छ । शीर्ष तीनमा रहँदै सोझै एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पुरै खेल जित्नुपर्ने हुन्छ ।

बन्द प्रशिक्षणमा बोलाइएको नेपाली टोली :

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित नारायण राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अभिनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भीम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.