3 years ago
January 29, 2023
एजेन्सी – कप्तान जस बटलर र युवा ब्याटर ह्यारी ब्रुकको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४२ रन बनायो ।

इंग्ल्यान्डका कप्तान जस बटलर ८२ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रनमा अविजित रहे । ह्यारी ब्रुक ७५ बलमा ७ चौका र ४ छक्कासहित ८० रनमा आउट भए । ओडिआई करिअरको सर्वाधिक रन बनाएपनि उनी एडेन माक्ररमको बलमा रास्सी भान डुसेनबाट क्याच आउट हुँदै शतक बनाउन चुकेका थिए ।
चौथो विकेका लागि बटलर र ब्रुकले ७३ रनको साझेदारी गरेका थिए । पाँचौं विकेटका लागि मोईन अली र बटलरले १ सय १ रनको शतकीय साझेदारी गरेका थिए । मोईन अली ४४ बलमा ६ चौका र १ छक्कासहित ५१ रनमा एनरिच नोर्कियाको बलमा बोल्ड भए ।
ओपनर जेसन रोय ९, डेविड मलान १२, बेन डकेट २०, क्रिस वोक्स १४ र साम करन २८ रनमा आउट भए । साम करनले १७ बलमा १ चौका र ३ छक्का हाने ।
दक्षिण अफ्रिका एनरिच नोर्कियाले सर्वाधिक दुई विकेट लिए । वेन पार्नेल, लुन्गी एनगिडी, मार्को यानसन, केशव महाराज र एडेन माक्ररमले एक एक विकेट लिए । तीन ओडिआई खेलको सिरिजमा दक्षिण अफ्रिका १–० ले अघि छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]