3 years ago
January 29, 2023
एजेन्सी – स्पिनर सामु कमजोर सावित भएसँगै न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली भारतलाई १ सय रनको सामान्य लक्ष्य दिएको छ । लखनऊमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनायो ।

न्युजिल्यान्डका कप्तान मिचेल सान्टनार २३ बलमा १ चौकासहित सर्वाधिक २० रनमा अविजित रहे । मार्क च्यापम्यान र माइकल ब्रेसवेलले १४–१४ रन बनाए । भारतको स्पिन आक्रामण सामु न्युजिल्यान्डका ब्याटर निरिह बने । चौथो ओभरको तेस्रो बलमा ओपनर फिन एलेन युजभेन्द्र चहलको बलमा ११ रनमा बोल्ड भए । फिन एलेनले १० बलमा २ चौका प्रहार गरे ।
अर्का स्पिनर वासिन्टन सुन्दरको बलमा डेभन कन्वे ११ रनमै ईशान किशनबाट क्याच आउट भए । उनी पनि रिभरस्वीपकै धुनमा आउट भएका थिए । पार्ट टाइम स्पिनर दीपक हुडाले ग्लेन फिलिप्सलाई ५ रनमा बोल्ड गरे । स्पिनर सहयोगी पिचमा कुनैपनि न्युजिल्यान्डका ब्याटर क्रिजमा टिक्न सकेनन् ।
कुलदीप यादवले डर्याल मिचेललाई ८ रनमा बोल्ड गरे । मार्क च्यापम्यान २१ बलमा १४ रन बनाउँदै रन आउट भए । भारतका अर्शदीप सिंहले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । युजभेन्द्र चहलले २ ओभरमा १ मेडनसहित ४ रन खर्चेर १ विकेट लिए ।
दीपक हुडाले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । वासिन्टन सुन्दरले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । तीन टि२० आई खेलको सिरिजमा न्युजिल्यान्ड १–० ले अघि छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]