3 years ago
January 30, 2023
एजेन्सी – भारत र न्युजिल्यान्डबीचको दोस्रो टि२० आई खेल छक्का विहीन बन्न पुगेको छ । आइतबार राती भारतले कम योगफलको रोमान्चक खेलमा न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै सिरिज बराबरी गरेको छ।

तर दुबै टोलीको तर्फबाट कुनैपनि ब्याटरले छक्का हान्न सकेनन् । जितको लागि १ सय रनको विजयी लक्ष्य भारतले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।
भारतले बाउन्ड्रीको रुपमा कुल ८ चौका प्रहार गर्यो । शुभमन गिल र ईशान किशनले दुई दुई चौका प्रहार गरे । सूर्यकुमार यादव, हार्दिक पान्ड्या, वासिन्टन सुन्दर र राहुल त्रिपाठीले एक एक चौका हाने । छक्का कुनैपनि ब्याटरको ब्याटबाट निस्किन सकेन ।
त्यसअघि लखनऊमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनायो । न्युजिल्यान्डले कुल ६ चौका मात्रै प्रहार गर्न सक्यो । ओपनर फिन एलेनले सर्वाधिक दुई चौका हाने । डेभन कन्वे, डर्याल मिचेल, मिचेल सान्टनार र जकोब डफीले एक एक चौका हाने ।

यो टि२० आई इतिहासमा सर्वाधिक बल खेल्दा छक्का विहीन बनेको खेल हो । यस खेलमा भारत र न्युजिल्यान्ड गरी कुल २ सय ३९ बलको खेल भएको थियो । यसअघि २०२१ मा न्युजिल्यान्ड र बंगलादेशबीच मिरपुरमा २ सय ३८ बलको खेल हुँदा छक्का विहीन बनेको थियो । २०१० मा पाकिस्तान र इंग्ल्यान्डबीच कार्डिफमा २ सय २३ बल खेल्दा छक्का विहीन बनेको थियो । २०२१ मा श्रीलंका र भारतबीच कोलोम्बोमा २ सय ७ बल खेल्दा छक्का विहीन बनेको थियो ।
लखनऊमा स्पिनर सामु दुबै टोलीका ब्याटरले संघर्ष गर्नुपर्यो । भारतले कुल १३ ओभर स्पिनरबाट गरायो । न्युजिल्यान्डले १७ ओभर स्पिनरलाई मात्रै गराएको थियो । माइकल ब्रेसवेल, मिचेल सान्टनार, ईश सोधी र ग्लेन फिलिप्सलाई ४–४ ओभर गराएको थियो । मार्क च्यापम्यानले एक ओभर गरे ।
तीव्र गतिका बलर तीन ओभर मात्रै गराएको थियो । प्रमुख बलर लोकी फर्गुसनलाई ब्यक्तिगत पहिलो ओभर १९ औं ओभरमा दिएको थियो । एकै इनिङमा सर्वाधिक स्पिनर प्रयोग यो दोस्रो खेल हो । यसअघि जिम्बालेले २०१० मा वेस्टइन्डिजविरुद्ध पोर्ट अफ स्पेन तथा पाकिस्तानले २०१२ मा अष्ट्रेलियाविरुद्ध कोलोम्बोमा १८-१८ ओभर स्पिन बलिङ गराएको थियो ।

खेलको प्लेयर अफ द म्याच सूर्यकुमार यादव चुनिए । सूर्यले ३१ बलमा १ चौकासहित २६ रन बनाए । अन्तिम दुई बलमा जितको लागि तीन रन चाहिँदा सूर्यले चौका प्रहार गर्दै खेल जिताएका थिए । तीन टि२० आई खेलको सिरिज १–१ को बराबरी अवस्थामा छ । बुधबार लखनऊमा तेस्रो तथा निर्णायक खेल हुनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]