3 years ago
January 30, 2023
एजेन्सी– भारतीय ब्याटर मुरली विजयले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । मुरली विजयले ३८ वर्षको उमेरमा सन्न्यासको घोषणा गरेका छन् । विजयले भारतबाट ६१ टेस्ट, १७ ओडिआई र ९ टि२० आई खेल खेलेका छन् ।

२००८ मा अष्ट्रेलियाविरुद्ध नागपुरमा टेस्टमा डेब्यू गरेका थिए । विजयले १२ शतक र १५ अर्धशतकसहित ३ हजार ९ सय ८२ रन बनाएका छन् । २०१० मा अष्ट्रेलियाविरुद्ध बेंगलोरमा १ सय ३९ रनको शतकीय इनिङ खेलेका थिए ।
२०१३ मा अष्ट्रेलियाविरुद्ध हैदराबादमा करिअरको उत्कृष्ट १ सय ६७ रनको इनिङ खेलेका थिए । विजयले अन्तिम पटक भारतबाट २०१८ डिसेम्बरमा अष्ट्रेलियाविरुद्धनै दिल्लीमा खेलेका थिए ।
ओडिआई भने २०१० मा दक्षिण अफ्रिकाविरुद्ध डेब्यू गरेका थिए । टि२० आईमा अफगानिस्तानविरुद्ध त्यसै वर्ष डेब्यू गरेका थिए । अन्तिम पटक ओडिआई तथा टि२० आई २०१५ मा जिम्बावेविरुद्ध खेलेका थिए ।
२०१० को आइपिएलमा चेन्नई सुपर किंग्सबाट राजस्थान रोयल्सविरुद्ध विजयले ५६ बलमा ८ चौका र ११ छक्कासहित १ सय २७ रनको शतकीय इनिङ खेलेका थिए । मुरली विजयी अव स्पोट खेलकुद व्यापारमा काम गर्ने बताएका छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]