3 years ago
January 31, 2023
एजेन्सी – भारतले दोस्रो टि२० आई खेलमा न्युजिल्यान्डविरुद्ध एकना क्रिकेट स्टेडियम लखनऊमा पिच स्लो र टर्निङ बनाएको भन्दै क्यूरेटरलाई पदबाट हटाएको छ । आइतबार भारतले १ सय रनको सामान्य लक्ष्य एक बल अगाडि ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।

खेलपछि कप्तान हार्दिक पान्ड्याले पिचको आलोचना गर्दै झड्का दिने खालको बताएका थिए । न्युजिल्यान्डले टस जितेर पहिला ब्याटिङ रोज्दै २० ओभरमा ८ विकेटको क्षतिमा ९९ रन बनाएको थियो । कुल ४० ओभरको खेलमा न्युजिल्यान्डले १७ र भारतले १३ गरि कुल ३० ओभर स्पिनरले गरेका थिए । खेलमा कुनैपनि छक्का लागेको थिएन । भारतले ८ र न्युजिल्यान्डले ६ चौका मात्रै प्रहार गरेका थिए ।
‘ती क्युरेटरलाई पदबाट हटाइएको छ । उनको स्थानमा अनुभवी क्युरेटर सञ्जीव कुमार अग्रवाललाई जिम्मेवारी दिईएको छ । एक महिनामा हामी यो परिवर्तन गर्नेछौं’, उत्तर प्रदेश क्रिकेट संघको स्रोतलाई बताउँदै पिटआईले जनाएको छ ।
‘भारत र न्युजिल्यान्डको खेल खेल्नुअघि सेन्टर पिचमा धेरै घरेलु क्रिकेट खेलिएको थियो । अन्तर्राष्ट्रिय खेलको लागि एकदुई पिच छाड्नु पर्ने थियो’, स्रोतले पिटआईलाई भनेको छ । अग्रवाललाई गतवर्ष अक्टोबरमा बंगलादेशले क्युरेटर पदबाट हटाएको थियो । उनले बिसिसिआईका अनुभवी क्युरेटर तपोश चटर्शीसँग मिलेर काम गर्नेछन् ।
भारतीय मिडयाका अनुसार भारतको टिम म्यानेजमेन्टले अन्तिम समयमा पिच परिवर्तन गर्न क्युरेटरलाई आग्रह गरिएको थियो । द इन्डियन एक्सप्रेसका अनुसार क्युरेटरले कालो माटोको दुई पिच पहिल्लानै तयार पारि सकेका थिए । तर खेलको तीन दिन अघि भारतीय टोली व्यवस्थापनले पिच परिवर्तन गर्न आग्रह गरेका थिए । भारतको टिम व्यवस्थापनले रातो माटोले बनाएको नयाँ पिच तयार पार्न भनिएको थियो । तर उक्त छोटो समयमा पिच तयार हुन सकेन । स्वलो बन्न पुगेको थियो ।
इन्डियन प्रिमियर लिग (आइपिए) मा यस मैदान लखनऊ सुपर जायन्ट्सको घरेलु मैदानको रुपमा प्रयोग गर्नेछ । भारत र न्युजिल्यान्डबीचको तीन टि२० आई खेलको सिरिज १–१ को बराबरी अवस्थामा छ । तेस्रो तथा निर्णायक खेल अहमदाबादमा बुधबार हुनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]