3 years ago
January 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकमा ६ केन्द्रिय सदस्यहरुले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै बैठक छाडेका छन् । बैठक विहान १० बजे सुरु हुनुपर्ने थियो । तर असन्तुष्ट ६ सदस्य ढिलो आएपछि एक बजे सुरु भएको बुझिएको छ ।

६ केन्द्रीय सदस्यले नेपाल टि२० लिगमा भएका विविध गल्तीको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउँदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै पत्र बुझाएर बैठक छाडेका छन् । त्यसपछि भोजनको लागि बैठक रोकिएको छ।
केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गर्दै बोर्ड बैठक छाडेका छन् । अमितवीर पाण्डे भने अस्वस्थका कारण बैठकमा गएका छैनन् । अमितले भने पत्र बुझाएकोमा सहमित जनाउँदै हस्ताक्षर गरेका छन् ।
‘हामीले पहिला मागेको राजीनामालाई नै निरन्तरता दियौं । त्यहिँ आसायसहितको एउटा पत्र पनि बुझायौं । जुन अध्यक्षको राजीनामा मागेका छौं त्यहिँको अध्यक्षतामा बैठक बस्न कुन नैतिकताले मिल्छ र । अव हेरौं उनीहरुको निर्णय के हुन्छ । हामीलाई छलफल गछौं भन्नु भएको छ’, दाउद अन्सारीले हाम्रो खेलकुदसँग भने ।
राजीनामा नआएमा सम्बन्धित निकाएमा जाने अन्सारीले बताए । ‘आज हामीले जुन पत्र बुझाएका छौं त्यसको प्रतिलिपि सम्बन्धित निकायमा बुझाउँछौं’, उनले भने । आज बोर्ड बैठकमा १७ एजेन्डामाथि छलफल गर्ने भनिएको छ ।
चार महिनापछि बस्न लागेको बोर्ड बैठकमा नेपाल टि२० लिग विवाद, मुख्य प्रशिक्षक नियुक्ति, सन्दीप लामिछाने निलम्बन फुकुवा, आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज आयोजना, एसिसी प्रिमियर कप नेपालमा आयोजना लगायत १७ एजेन्डा छन् ।
यू-१९ विश्वकप एसिया छनोट खेल्ने टोली, यू-१९ को कप्तान र उपकप्तान, वार्षिक साधरण सभा, संघको विशेष साधरण सभा र निर्वाचन तथा २०२३ को खेलाडी वर्गिकरण लगायत पक्षहरु छन् ।
‘उनीहरुले हामीलाई एजेन्डा १५ गते दिने भनेका थिए । त्यो हामीले पढ्न पनि आएनौं । हामीलाई ९-१० बजे राती पठाएका थिए । हामी अव बैठकमा बस्दैनौं । हामीले कार्यसम्पादन समितिको राजीनामा मागेका छौं । गर्भनिङ काउन्सिलाई कारबाही गर भनेका छौं’ उनले त्यसैमा थपे, ‘विश्वमै नेपाली क्रिकेटले जुन बदनामी खेपेको छ । त्यसको जिम्मेवारी कसै न कसैले त लिनुपर्छ नि । गल्ती भयो गल्ती भयो भनेर मात्रै हुँदैन। सन्दीपले गल्ती गर्दा कारबाही हुने अध्यक्षलाई चाहिँ नहुने । जसले नियम कानुन अनुसार काम गर्दैनन् उनीहरुलाई कारबाही हुनुपर्छ’, उनले भने । उनले अव काठमाडौं फर्किएर सम्बन्धित निकायलाई पत्र बुझाएने बताए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]