3 years ago
January 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर कारबाही गर्नुपर्ने माग गर्दै महान्यायाधिवक्ता कार्यलयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको छ ।

गत पुष २८ मा उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न दिएको आदेश त्रुटिपूर्ण रहेको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालय मंगलबार सर्वोच्च पुगेको हो ।
महान्यायाधिवक्ता प्रवक्ता सञ्जीवराज रेग्मीका अनुसार उच्च अदालत पाटनको धरौटीमा छाड्ने आदेश कानुन अनुसार नमिलेको हुँदा उक्त आदेश बदर गर्दै सन्दीपलाई थुनामै राखेर मुद्धा अघि बढाउनु पर्ने भन्दै सर्वोच्चमा निवेदन दिएको जनाएका छन् ।
सन्दीप २० लाख धरौटीमा गत पुष २९ मा रिहा भएका थिए । सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन कात्तिक १८ मा आदेश दिएको थियो । त्यसपछि उनका वकिलले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा दायर गरेका थिए ।
सन्दीप माथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ । भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर उक्त बालिकालाई दुई पटक बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा जाहेरी दिएकी थिइन् ।सन्दीपले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी सामु आत्मासमर्पण गरेका थिए ।
उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान रोक लगाएको थियो । उपत्यका बाहिर जानुपरे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्ने हुन्छ । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई भदौं २३ मा निलम्बन गरेको थियो ।
यता क्यानले उक्त निलम्बन फुकुवा गर्ने तयारी गरेको छ ।
पोखरामा जारी बोर्ड बैठकमा सन्दीपको फुकुवा एजेन्डाको रुपमा छ । क्यानले दुई सातापछि आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु मैदान टियुमा हुने स्कटल्यान्ड र नामिबियासँग खेलको लागि सन्दीपलाई टोलीमा फर्काउन चाहेँको बुझिएको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]