3 years ago
February 1, 2023
एजेन्सी – भारतको सर्वाधिक लोकप्रिय घरेलु क्रिकेट रणजी ट्रफीको दोस्रो क्वाटरफाइनल खेलमा सौराष्ट्रका पार्थ भुतले पन्जाबविरुद्ध अविश्वसनीय शतक हानेका छन् ।

घरेलु टोली सौराष्ट्र टस जितेर पहिला ब्याटिङ गर्दै पहिलो इनिङमा ३ सय ३ रनमा अल आउट भयो । सौराष्ट्रका नवौं नम्बरका खेलाडी पार्थ भुतले १ सय ५५ बलमा ११ चौका र ४ छक्कासहित १ सय ११ रनको सानदार अविजित इनिङ खेले । भुत ब्याटिङमा आउँदा सौराष्ट्र ४४.४ ओभरमा १४७–७ कोे दयनीय अवस्थामा थियो ।
उनले आठौं विकेटका लागि ओपनर स्नेल पटेलसँग तीन बल खेल्दा कुनै रन जोड्न सकेनन् । ओपनर स्नेल पटेल १ सय ३१ बलमा ११ चौकासहित ७० रनमा आउट भए । नवौं विकेटका लागि भारतबाट खेलि सकेका तीव्र गतिका बलर चेतन सकारियासँग ९६ बलमा ६१ रनको साझेदारी गरे ।
दशौं तथा अन्तिम विकेटका लागि भुतले युभराजसिंह डोेडियासँग १ सय ५६ बलमा ९५ रनको साझेदारी गरे । जुन साझेदारीमा भुतले ७३ रन जोडेका थिए । स्पिनर भुतको यो आफ्नो करिअरकै पहिलो शतक हो । २५ वर्षीय भुतले ८ प्रथम श्रेणी, ८ लिष्ट ए र ४ टि२० आई खेल खेलेका छन् ।
रणजीमा उनले २०१९ मा उत्तरप्रदेशविरुद्ध डेब्यू गरेका थिए । पन्जाबले एक ओभरमा तीन रन बनाउँदा पहिलो दिनको खेल सकिएको छ । पहिलो दिन पहिलो क्वाटरफाइनल खेलमा झारखण्ड बंगालविरुद्ध १ सय ७३ रनमा अल आउट भयो । झारखण्डका कुमार सुरजले १ सय ७५ बलमा ९ चौकासहित सर्वाधिक ८९ रन बनाए ।
तेस्रो क्वाटरफाइनल खेलमा उत्तरखण्ड कर्नाटाकासँग १ सय १६ रनमा अल आउट भयो । कर्नाटाका पहिलो दिनको खेल सकिँदा १ सय २३ रन बनाउँदा कुनै विकेट गुमाएको छैन । कप्तान मयंक अग्रवाल ६५ र सम्राट आर ५४ रनमा अविजित छन् ।
चौथो क्वाटरफाइनल खेलमा आन्द्र प्रदेशले मध्यप्रदेशविरुद्ध २ विकेट गुमाउँदै २ सय ६२ रन बनाएको छ ।
रिंकी भुई २ सय बलमा १२ चौका र १ छक्कासहित १ सय १५ रनमा अविजित छन् । उनलाई करण सिन्डेले २ सय २२ बलमा ८३ रनमा साथ दिएका छन् । रणजीको सेमिफाइनल खेल ८ फेब्रुअरी र फाइनल १६ फेब्रुअरी देखि सुरु हुनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]