3 years ago
February 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर गुलशन झाले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको कप्तानी गर्ने भएका छन् । पोखरामा बसेको बोर्ड बैठकले गुलशनलाई यू–१९ को कप्तानी जिम्मेवारी दिएको क्यान स्रोतले हाम्रो खेलकुदलाई जानकारी दिएको छ ।

बोर्ड बैठकमा देव खनाल र गुलशनको नाम कप्तानको लागि सिफारिस भएको थियो । बोर्ड बैठकले गुलशनलाई कप्तानको जिम्मेवारी दिएको क्यान स्रोतले हाम्रो खेलकुदलाई जानकारी दिएको छ ।
गुलशनले आफ्नो करिअरमा पहिलो पटक कप्तानी गर्नेछन् । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने गुलशनले तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । गुलशनले सिनियर घरेलु क्रिकेट खेल्न लागेको दुई वर्ष मात्रै भएकोछ ।
दुई वर्षअघि प्रधानमन्त्री कपमा मधेशको टोलीमा नपरेपछि काठमाडौं मेयर्स कपमा नेपाल पुलिस क्लबबाट खेल्दै राम्रो प्रभाव छाडेपछि सिनियर टोली सम्मको यात्रा तय गरेका थिए । ब्याटिङ भने गुलशनले बायाँ हातेले गर्दछन् ।
यू–१९ को कप्तानी दावेदारमा गुलशनसँगै सिनियर टोलीबाट खेलि सकेका देव खनाल र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका दीपक बोहराको नाम चर्चामा थियो ।

१६ वर्षीय गुलशनले नेपालबाट ९ ओडिआई र एक टि२० आई खेल खेलेका छन् । गुलशनले गतवर्ष देव खनालकै कप्तानीमा यू–१९ एसिया कप खेलेका थिए । शीर्षक्रमका ब्याटर देवले नेपालबाट १० ओडिआई खेल खेलि सकेका छन् ।
गतवर्ष लुम्बिनीलाई यू१९ राष्ट्रिय च्याम्पियन बनाएका देव यस पटक भने विशाल विक्रम केसीको कप्तानीमा खेलेका थिए । देवले गतवर्ष नेपालको यू–१९ को कप्तानी गरि सकेका थिए । गुलशन भने सिनियर टोलीमा ब्यस्त हुँदा यस पटक यू-१९ प्रतियोगिता खेलेका थिएनन् ।
नेपालले पहिलो खेल फागुन १२ (फेब्रुअरी २४) मा सिंगापुरसँग खेल्नेछ । दोस्रो खेल फागुन १३ (फेब्रुअरी २५) कुवतेसँग खेल्नेछ । नेपालले त्यसपछि एकदिन विश्राम गर्नेछ । फागुन १५ (फेब्रुअरी२७) मा हङकङसँग खेल्नेछ ।
फागुन १६(फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ । त्यसपछि नेपालले दुई दिन विश्राम गर्नेछ । अन्तिम खेल फागुन १८(मार्च २) मा युएईसँग खेल्नेछ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।
नेपाल प्रतियोगिता शीर्ष स्थानमा रहन सके २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाली टोली २०१६ पछि यू-१९ विश्वकप खेल्ने सोचमा हुनेछ । टोलीको मुख्य प्रशिक्षक जगत टमाटा छन् । नेपालले १४ सदस्य टोली पनि घोषणा गरेको छ ।
नेपाली यू–१९ टोली :
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]