3 years ago
February 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप शेरबहादुर खड्का स्मृतिः प्रतिष्ठानको आयोजनामा हुने केएनपि नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको छैटौं संस्करण शनिबारदेखि हुने भएको छ ।

प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म दशरथ रंगशालामा हुनेछ । २०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको प्रतिष्ठानले कोरोनाका कारण पछिल्लो तीन वर्ष प्रतियोगिता गर्न सकेको थिएन ।
यस संस्करणका लागि प्रतिष्ठानले एक कार्यक्रममाझ मुख्य प्रायोजकसँग सम्झौता पनि गरेको छ । प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपि नेरोलेकका कन्ट्री डिरेक्टर मनोज कुमार मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौता गरेपछि मिश्रले खेलकुद विकासका लागि आफ्नो संस्थाले सधैं सहयोग गर्ने बताए । ‘हामी व्यापार भन्दा पनि खेलकुद विकासका लागि यहाँ छौं । रन्जन जीले जबदेखि प्रतियोगिताको बारे सुनाउनु भयो, हामी सुरुवातदेखि साथमा छौं । आउने दिनमा पनि यो सहकार्य निरन्तर रहन्छ,’ उनले भने ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले स्तरीय प्रतियोगिताले भलिबलको स्तर विकासका सहयोग पुग्ने बताए । ‘ यो प्रतियोगिता खेलाडीका लागि पनि राम्रो छ । आर्थिक रुपमा पनि खेलाडीलाई निकै आकर्षक प्रतियोगिता छ । रन्जन जीले हरेक संस्करणमा प्रतियोगिताको पुरस्कार बढाएर मनोबल बढाउने काम गर्नुभएको छ । प्रतियोगिताको स्तर बढ्नुले नेपाली भलिबललाई सहयोग पुग्ने हो,’ उनले भने ।

यसअघि पाँच वटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा यसपटक ६ टोलीले सहभागिता जनाउनेछन् । सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहनेछ ।
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिनेछ ।
प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले कोरोनाको प्रतिकुल अवस्थापछि प्रतियोगिता अब नियमित हुने बताए । ‘हामीले चाहेर पनि यसअघि प्रतियोगिता गर्न सकेनौं । तर हामीले सम्भव भएसम्म अन्य कार्यक्रम गर्यौं । यसपटक पुरस्कार राशी वृद्धि गरेर प्रतियोगिता आयोजना गर्दैछौं । वर्तमान मात्र नभएर भविष्यमा आउने खेलाडीको प्रोत्साहन गर्ने लक्ष्यसहित हामीले आयोजनामा विशेष पुरस्कार पनि ल्याएका छौं,’ उनले भने ।

प्रतियोगिताका विजेता टोलीलाई नगद तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसंगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता विजेतालाई आयोजकले गोकर्ण फरेस्ट रिसर्टमा रात्री भोजको व्यवस्था गर्नेछ ।
विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ । यसैगरी छैटौं संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित गरिनेछ ।
बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा सञ्चालन हुने यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, बागमती प्रदेश, विभिन्न नगरपालिका र कर्पोरेट हाउसहरुले सहयोग गरेका छन् पुरस्कार राशि मात्रै ८ लाखभन्दा बढी रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ४० लाख रूपैयाँ छ ।
प्रतिष्ठानले भलिबल प्रतियोगिता मात्र आयोजना गर्ने नभई खेलाडीको बीमा, हरेक खेलमा एक खेलाडीलाई नगद पुरस्कारसहितको प्लेयर अफ द म्याचको व्यवस्था, टेक्निकल मिटिङ, उपाधि विजेता टोलीका खेलाडीलाई रात्री भोजजस्ता अन्तर्राष्ट्रिय प्रचलनलाई प्रतिष्ठानले अवलम्बन गरिरहेको छ । प्रतिष्ठानले राष्ट्रिय भलिबल प्रतियोगिताका अलावा वर्षेनी खेलाडीलाई छात्रवृत्ति, खेलाडी तथा प्रशिक्षक सम्मान, स्पेसल अवार्डलगायतका कार्यक्रम पनि आयोजना गर्दै आइरहेको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]