3 years ago
February 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई भेटेका छन् । पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले मंगलबार सन्दीपमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै उनले मुख्य प्रशिक्षकलाई भेटेका हुन् ।

सन्दीपले मुख्य प्रशिक्षक मोन्टी देशाईलाई बुधबार भेटेको क्यान स्रोतले हाम्रो खेलकुदलाई जानकारी दिएको छ । ‘सन्दीपले आज मैदानमा प्रशिक्षकसँग कुरा गर्नु भएको रहेछ । सन्दीपले आफ्नो विचार राखे । प्रशिक्षकले पनि आफ्नो धारणा राखेका थिए’, क्यान स्रोतले हाम्रो खेलकुदलाई भन्यो ।
स्रोतका अनुसार सन्दीपले एक दुई दिन भित्र बन्द प्रशिक्षण जोडिने सम्भावना छ । जहाँ सन्दीपको प्रदर्शन छनोटकर्ता, टेनर, फिजियो र प्रशिक्षकले हेरेपछि खेलाउने वा नखेलाउने निर्णय लिइनेछ।
यता मुख्य प्रशिक्षक मोन्टी देशाईको नियुक्ती भने औपचारिक रुपमा हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति नदिँदा हालसम्म औपचरिक नियुक्ती हुन सकेको छैन । केहि दिनमै नियुक्ती गर्ने बुझिएको छ । देशाई गत शनिबार नेपाल आएका थिए । आइतबार देखि टियु मैदानमा प्रशिक्षण सुरु गरेका थिए ।

दुई सातापछि घरेलु मैदान टियुमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले नामिबिया र स्कटल्यान्डसँग खेल्दैछ । त्यसको लागि नेपालले २८ सदस्य टोली बोलाएको छ ।
सन्दीप भदौ १४ पछि पहिलो पटक मैदान उत्रने सम्भावना छ । सन्दीपले अन्तिम पटक केन्या भ्रमणमा खेल खेलेका थिए । सन्दीपले अन्तिम पटक नेपालबाट भदौं ३० मा केन्यासँग पाँचौं तथा अन्तिम टि२० आई खेल खेलेका थिए । त्यसपछि सन्दीप क्वारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज पुगेका थिए । तर बलात्कार आरोप लागेपछि उनलाई जमैका तलवाजले टोलीबाट हटाएको थियो ।
भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।
सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन कात्तिक १८ मा आदेश दिएको थियो । सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]