default_image

3 years ago

February 1, 2023

न्युजिल्यान्डलाई ६६ रनमा अल आउट गर्दै भारतको इतिहासकै उत्कृष्ट जित

257 views

0 Bookmark

एजेन्सी – भारतले तेस्रो तथा अन्तिम टि२० आई खेलमा न्युजिल्यान्डमाथि १ सय ६८ रनको कीर्तिमानी जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज भारतले २-१ ले जितेको छ।

जितको लागि २ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२.१ ओभरमा मात्रै ६६ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले २५ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३५ रन बनाए । मिचेल सान्टनारले १३ रन बनाए ।

भारतको यो टि२० आई इतिहासमा सर्वाधिक ठूलो अन्तरको जित हो । भारतको यसअघि आयरल्यान्डविरुद्ध १ सय ४३ रनको जित थियो । न्युजिल्यान्डको यो दोस्रो सबैभन्दा कम योगफल हो । यसअघि न्युजिल्यान्ड २०२१ मा बंगलादेश र २०१४ मा श्रीलंकासँग टि२० आई खेलमा समान ६० रनमा अल आउट भएको थियो ।

टेस्ट टोलीले टि२० आईमा हारेको यो सर्वाधिक ठूलो अन्तर हो । यसअघि आयरल्यान्डले २०१८ मा भारतसँग तथा वेस्टइन्डिजले पाकिस्तानसँग समान १ सय ४३ रनले पराजित भएका थिए । भारतले टि२० आई इतिहासमा विपक्षीलाई अल आउट गरको सबैभन्दा कम योगफल हो । यसअघि आयरल्यान्डलाई २०१८ मा ७० रन र २०१२ मा इंग्ल्यान्डलाई ८० रनमा अल आउट गरेको थियो ।

न्युजिल्यान्डको यो टि२० आईमा हालसम्मकै फराकिलो हार हो । यसअघि पाकिस्तानसँग २०१० मा १ सय ३ रनको हार नै सर्वाधिक फराकिलो हार रहँदै आएको थियो । आफ्नो इतिहासकै खराब हार बेहोर्ने क्रमममा न्युजिल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमध्य चार खेलाडीले खाता खोल्न सकेनन् ।

भारतका हार्दिक पान्ड्याले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । अर्शदीप सिंहले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । उमरान मलिकले २.१ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । शिवम माभीले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि अहमदाबादमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो । भारतलाई विशाल योगफलमा पुर्याउन ओपनर शुभमन गिलले ६३ बलमा १२ चौका र ७ छक्कासहित सर्वाधिक १ सय २६ रनको अविजित शतकीय इनिङ खेले । योसँगै गिल भारतबाट एकै खेलमा टि२० आईमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् ।

गिलले विराट कोहलीले एसिया कपमा अफगानिस्तानविरुद्ध ६१ बलमा खेलेको १ सय २२ रनको अविजित इनिङको कीर्तिमान तोडेका हुन् । गिलले ५४ बलमा टि२० करिअरको पहिलो शतक पूरा गरेका थिए । गिलले ब्यक्तिगत ३३ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर लोकी फर्गुसनको छैटौं बलमा ब्लेयर टिकनरले क्याच छाड्न पुगेका थिए । जुन जिवनदान न्युजिल्यान्डलाई भारी पर्यो ।

भारतले ओपनर ईशान किशनलाई एक रनमै गुमाएको थियो । स्पिनर माइकल ब्रेसवेलको बलमा ईशान एलबीडब्लू आउट भएका थिए । रिभ्यु लिएपनि सफल हुन सकेनन् । दोस्रो विकेटका लागि राहुल त्रिपाठी र गिलले ८० रनको साझेदारी गरेका थिए ।

त्रिपाठी २२ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा आउट भए । आक्रामक सुरुवात गरेपनि स्पिनर ईश सोधीको बलमा डिप स्क्वायर खेलमा लोकी फर्गुसनबाट क्याच आउट भए । सूर्यकुमार यादव १३ बलमा १ चौका र २ छक्कासहित २४ रनमा आउट भए ।

गिल र हार्दिक पान्ड्याले चौथो विकेटका लागि ४० बलमा १ सय ३ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए । हार्दिक १७ बलमा ४ चौका र १ छक्कासहित ३० रनमा आउट भए ।

न्युजिल्यान्डका माइकल ब्रेसवेल, ब्लेयर टिकनर, ईश सोधी र डर्याल मिचेलले एक एक विकेट लिए ।

पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । न्युजिल्यान्डले अव घरेलु मैदानमा इंग्ल्यान्डसँग दुई टेस्ट खेल खेल्नेछ । पहिलो टेस्ट १६ फेब्रुअरीदेखि सुरु हुनेछ । भारतले घरेलु मैदानमा अष्ट्रेलियासँग चार टेस्ट खेलको सिरिज खेल्नेछ । पहिलो खेल ९ फेब्रुअरी देखि नागपुरमा सुरुहुनेछ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.