3 years ago
February 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने बिहीबार देखि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा जोडिएका छन् । नेपालले दुई सातापछि आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु मैदान टियुमा स्कटल्यान्ड र नामिबियासँग खेल्दैछ।

त्यसको लागि सन्दीपले बिहीबारबाट टिमको प्रशिक्षणमा जोडिएको प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।
‘सन्दीपआजदेखि होटलमा जोडिएका छन् । उनको आज होटल इन छ । आज दिउँसो सायद सानो समूहको टियुमा प्रशिक्षण हुँदा सन्दीप त्यहाँ गएर अभ्यास गरेका थिएँ।’, चौधरीले हाम्रो खेलकुदसँग भने । आज भने सिनियर टोलीको क्याम्प विश्राम थियो ।
सन्दीपले बुधबार नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईसँग भेट गरेका थिए । पोखरामा मंगलबार बसेको बोर्ड बैठकले सन्दीपमाथि लगाएको निलम्बन फुकुवा गरेको थियो । मोन्टी देशाई शनिबार नेपाल आएपछि आइतबार देखि २८ सदस्य खेलाडीले प्रशिक्षण सुरु गरेका थिए ।
‘क्यान र हामी खेलाउन सकरात्मक छौं । तर केहि प्रोटोकल पनि छन् । टिममा राख्ने नराख्ने । क्यानले आफ्नो काम गर्नुभयो । मेरो काम उसलाई क्याम्पमा राख्ने हो । त्यसपछि फिजियो, ट्रेनर र प्रशिक्षक छन् । वहाँ तीन जनाले के छ उसको हेर्नुहुन्छ । तीन मध्य दुई जनाले पनि खेल्न योग्य छन् भने हामी अन्तिम टोलीमा राख्ने छौं’, चौधरीले बुधबार हाम्रो खेलकुदसँग भनेका थिए ।
उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा मंगलबार निवेदन दिएको थियो । उक्त निवेदनको पहिलो सुनाई शुक्रबार हुँदैछ । भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन ।
असोज २० मा पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन कात्तिक १८ मा आदेश दिएको थियो । सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाटनले सन्दीपलाई विदेश जाने भने रोक लगाएको छ । तर क्रिकेट खेल्न पाउने वा नपाउने कुनै जानकारी दिएको छैन । नेपालले पहिलो खेल फागुन २ मा नामिबियासँग खेल्नेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]