default_image

3 years ago

February 3, 2023

भलिबलको टिकट अब इसेवामा

236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शनिबारदेखि दशरथ रंगशालामा हुने छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको टिकट इसेवामा उपलब्ध हुने भएको छ । शेरबहादुर खड्का स्मृतिः प्रतिष्ठानको आयोजनामा हुने ४ टोलीको सहभागिता रहेको छ ।

२०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको प्रतिष्ठानले कोरोनाका कारण पछिल्लो तीन वर्ष प्रतियोगिता गर्न सकेको थिएन । यसपटक ६ टोलीको सहभागिता हुने भनिएपनि मोफसलका टोली एभरेष्ट र गण्डकी प्रदेशका खेलाडी परिक्षाका कारण आउन नसक्दा ४ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले खेल्नेछन् । लिग चरणमा सबै टोलीले एक आपसमा खेल्नेछन् । अन्तिम दिन फाइनलमा शीर्ष दुई टोलीले प्रतिस्पर्धा गर्दा पुछारका दुई टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

यसपटक दशरथ रंगशालामा हुने प्रतियोगितामा इसेवामार्फत अनलाइन टिकेट पनि खरिद गर्न सकिनेछ । टिकट विक्री इसेवामा खुला गरिएको छ । (टिकट किन्न यहाँ थिच्न सक्नुहुन्छ) लिग चरणको खेलमा टिकट मूल्य १ सय रुपैयाँ र फाइनलको दिनमा २ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ । सबै दिनको टिकट विक्री खुला गरिएको छ । रंगशालाको दर्शक क्षमता र उपस्थित दर्शकलाई सहज रुपमा खेल हेर्न दिने लक्ष्य अनुरुप हरेक दिन ७ सय टिकट मात्र विक्री गरिनेछ ।

प्रतियोगिताका विजेता टोलीलाई नगद तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसंगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता विजेतालाई आयोजकले गोकर्ण फरेस्ट रिसर्टमा रात्री भोजको व्यवस्था गर्नेछ ।

विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ । यसैगरी छैटौं संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित गरिनेछ ।

यस संस्करणका लागि प्रतिष्ठानले एक कार्यक्रममाझ मुख्य प्रायोजकसँग सम्झौता गरिसकेको छ । बुधबार प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपि नेरोलेकका कन्ट्री डिरेक्टर मनोज कुमार मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ‌। प्रतियोगितामा नेपाल भलिबल संघको प्राविधिक सहयोग रहनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ ।

बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा सञ्चालन हुने यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, बागमती प्रदेश, विभिन्न नगरपालिका र कर्पोरेट हाउसहरुले सहयोग गरेका छन् पुरस्कार राशि मात्रै ८ लाखभन्दा बढी रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ४० लाख रूपैयाँ छ ।

प्रतिष्ठानले भलिबल प्रतियोगिता मात्र आयोजना गर्ने नभई खेलाडीको बीमा, हरेक खेलमा एक खेलाडीलाई नगद पुरस्कारसहितको प्लेयर अफ द म्याचको व्यवस्था, टेक्निकल मिटिङ, उपाधि विजेता टोलीका खेलाडीलाई रात्री भोजजस्ता अन्तर्राष्ट्रिय प्रचलनलाई प्रतिष्ठानले अवलम्बन गरिरहेको छ । प्रतिष्ठानले राष्ट्रिय भलिबल प्रतियोगिताका अलावा वर्षेनी खेलाडीलाई छात्रवृत्ति, खेलाडी तथा प्रशिक्षक सम्मान, स्पेसल अवार्डलगायतका कार्यक्रम पनि आयोजना गर्दै आइरहेको छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.