3 years ago
February 3, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नाबालिग बलात्कार आरोपी सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

न्यायाधिक हरिप्रसाद फुयालको एकल इजलासले शुक्रबार काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्ध दर्ता मुद्दासहित उनलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशसहितका कागजात झिकाउनमा आदेश दिएको हो । पाटन उच्च अदालते सन्दीपलाई पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
जबरजस्ती करणी मुद्दामा ९९ दिन केन्द्रीय कारागार सुन्धारामा बसेर सन्दीप पुस २९ गते रिहा भएका थिए । उच्च अदालतको आदेशको बदर गर्न मागसहित महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । सोही निवेदनको सुनुवाईका क्रममा फुयालको एजलासले कागजात झिाउनका आदेश दिएका हुन् । महान्यायाधिवक्ताको कार्यालयले धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेश बदर गर्न माग गरेको छ।
रिहा भएका सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) को माघ १७ पोखरामा बसेको बैठकले निलम्बन फुकुवा गरेको थियो । त्यसकै आधारमा छनोट समितिले उनलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल गरेका छन् । शुक्रबार उनी प्रशिक्षणका लागि टोलीसँग कीर्तिपुरस्थित त्रिवि मैदानमा पुगेका छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]