3 years ago
February 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले सिनियर टोलीको बन्द प्रशिक्षण सुरु गरेका छन् । बलात्कार आरोप लागेपछि गत भदौदेखि मैदान बाहिर भएका सन्दीपले शुक्रबार देखि टियु क्रिकेट मैदानमा सिनियर टोलीको बन्द प्रशिक्षण थालेका हुन् ।

नेपालले दुई सातापछि घरेलु मैदानमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत नामिबिया र स्कटल्यान्डसँग खेल्दैछ । क्यानले बिहीबार दोस्रो चरणको प्रशिक्षणमा सन्दीप लामिछाने र युवा तीव्र गतिका बलर प्रतिश जि.सी.लाई थपेको थियो । सन्दीपले बुधबार प्रशिक्षक मोन्टी देशाईलाई भेटेर सिनियर टोलीमा फर्किने वारेछलफल गरेका थिए ।
क्यानले गत असोजमा लगाएको निलम्बन मंगलबार फुकुवा गरेको थियो । क्यानले सन्दीपले अनुशासन तोड्दै बन्द प्रशिक्षणको समयमा होटेल छाडेको कारण कारबाही गरेको हुँदा निलम्बन फुकुवा गरेको जनाएको छ ।
नेपाली टोली शुक्रबार दिउँसो १ बजे टियु मैदान आएको थियो । सन्दीपले मैदान झरेपछि प्रशिक्षक मोन्टी देशाईसँग केहि समय कुराकानी गरेका थिए । त्यसलगत्तै टोलीले टियु मैदान भित्र सामान्य फिल्डिङ र फिटनेश गरेको थियो । टिम मिटिङपछि भने केहि खेलाडीले मैदान भित्र र केहिले बाहिर नेटमा बलिङ गरेका थिए । सन्दीपले टियु भित्रै नेटमा ब्याटरहरुलाई नेटमा बलिङ गरेका छन् ।

सन्दीपको प्रशिक्षकले प्रदर्शन र फिटनेश परिक्षण हुनेछ । नेपाली क्रिकेटका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीका अनुसार सन्दीपलाई प्रशिक्षक देशाई, ट्रेनर अब्दुुल सत्तार, फिजियो विक्रम न्यौपानेले हेर्नेछन् । यी तीन मध्य मध्य दुई जनाले यदि सन्दीप खेल्न योग्य छन् भनेको खण्डमा उनले नेपालबाट खेल्नेछन् । उच्च अदालत पाटनले विदेश जान रोक लगाएको हुँदा उनी नेपालमा हुने प्रतियोगिता मात्रै खेल्नेछन् ।
भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन । सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाटनले सन्दीपलाई विदेश जाने भने रोक लगाएको छ । तर क्रिकेट खेल्न पाउने वा नपाउने कुनै जानकारी दिएको छैन ।

नेपालले पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ (फेब्रुअरी १७) मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले फागुन ६ (फेब्रुअरी १८) मा नामिबियासँग खेल्नेछ । नेपालले यस सिरिजको अन्तिम खेल फागुन ९(फेब्रअरी २१) मा स्कटल्यान्डसँग खेल्नेछ ।
नेपालको टोली :
कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जि.सी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद ।

December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]