3 years ago
February 3, 2023
एजेन्सी – इंग्ल्यान्डका सिमित ओभरका कप्तान जस बटलरले ओडिआई क्रिकेटमा महेन्द्रसिंह धोनी र युभराज सिंहलाई पछि पारेका छन् । बटलरले ओडिआई क्रिकेटमा पाँचौं वा त्यो भन्दा तल्लोक्रममा ब्याटिङ गर्दै सर्वाधिक शतक हान्ने कीर्तिमानलाई भारतीय दुई खेलाडीलाई पछि पारेका हुन् ।

बटलरले बिहीबार घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय २७ बलमा ६ चौका र ७ छक्कासहित १ सय ३१ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
बटलरको यो ओडिआई क्रिकेटको ११ औं शतक थियो । पाँच नम्बरदेखि तल ब्याटिङ गर्दै उनले ओडिआई क्रिकेटमा बनाएको यो आठौं शतक थियो ।
भारतीय क्रिकेटका सर्वाधिक सफल कप्तान धोनी र युवराजसिंहले पाँचनम्बरदेखि तल ब्याटिङ गर्दै ओडिआईमा ७(७ शतक बनाएका छन् । जुन कीर्तिमानमा धोनी र युभराजलाई पछि पार्दै बटलर अघि बढेका छन् ।
बटलरको कप्तानी इंग्ल्यान्डले तीन महिना अघि टि२० विश्वकप उपाधि जितेको थियो । २०१९ को एकदिवसीय विश्वकप इंग्ल्यान्डले जित्दा बटलरको योगदान निकै महत्वपूर्ण थियो ।

धोनीको कप्तानीमा भारतले २००७ मा टि२० विश्वकप, २०११ मा एकदिवसीय विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।
यी तीन प्रमुख उपाधि जिताउन धोनी र युवराज दुबैले उत्कृष्ट प्रदर्शन गरेका थिए । धोनीले २०२० र युवराजले २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]