3 years ago
February 7, 2023
एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले पहिलो पटक आयोजना गर्न लागेको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा ८ मात्रै एसोसियट खेलाडी परेका छन् । नेपालका पाँच खेलाडीले आफ्नो नाम दर्ता गराएपनि सर्टलिष्टमा भने ८ मात्रै एसोसियट खेलाडी रहेका छन् । नेपालबाट कुनैपनि खेलाडी छैनन् ।

बिसिसिआईले सर्ट लिष्टमा ४ सय ९ खेलाडी परेको जनाएको छ । कुल १ हजार ५ सय २५ खेलाडीले अक्सनको लागि नाम दर्ता गराएका थिए । पाँच नेपाली खेलाडी कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अश्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माले नाम दर्ता गराएपनि सर्टलिष्टमा भने पर्न सकेनन् ।
सर्ट लिष्टमा एसोसियटतर्फबाट सर्वाधिक बढी चार युएईका खेलाडी परेका छन् । युएइकी महिका गौर,वैष्णवे महेश, ईशा ओझा र तीर्थ सतिश अक्सनमा परेका छन् । त्यस्तै हङकङकी का यिङ, नेदरल्यान्ड्सकी स्टेरे कालिस र थाईल्यान्डकी नट्टाकन चन्थम रहेका छन् । अक्सन फेब्रुअरी १३ मा हुनेछ । अक्सनमा २ सय ४६ भारत र १ सय ६३ विदेशी खेलाडी रहेका छन् । पाँच टोलीले बढीमा ९० खेलाडी किन्नेछन् । जसमा ३० विदेशी खेलाडीको कोटा हुनेछ ।
डब्लूपिएललमा हरेक टोलीले बढीमा १८ खेलाडी किन्न पाउनेछन् । एक टोलीमा ७ विदेशी खेलाडी रहन पाउँछन् । जसमा कम्तिमा एक एसोसिएट खेलाडी हुनुपर्ने हुन्छ । प्लेइङ ११ मा पाँच विदेशी खेलाडी खेलाउन पाउँदा एक एसोसियट हुनुपर्ने हुन्छ । प्रतियोगिता आगमी मार्च ४ देखि २६ सम्म हुने बताइएको छ । प्रतियोगितामा कुल २२ खेल हुनेछन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]