3 years ago
February 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले मुख्य प्रशिक्षक मोन्टी देशाई आएपछि टोलीको वातावरण एकदमै सकरात्मक रहेको बताएका छन् । बुधबार टियु क्रिकेट मैदानमा अभ्यासको क्रममा रोहितले हाम्रो खेलकुदसँग कुराकानी गर्दै समग्र टोलीको बारे प्रतिक्रिया दिएका छन् ।

‘नयाँ प्रशिक्षक आएदेखि टोलीको एकदमै राम्रो वातावरण भएको छ । टोलीमा सबैजना संलग्न छौं । बलर, ब्याटर र फिल्डर सबै पक्ष सकारात्मक छ’, रोहितले हाम्रो खेलकुदसँग भने ।
नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई हराउँदा दीपेन्द्र, आसिफ शेख, रोहित, भीम सार्की, कमलसिंह ऐरी, सन्दीप लामिछाने, किशोर महतो लगायतका खेलाडी अहिलेसँगै टोलीमा छन् । मोन्टी त्यो समय नेपाली यू-१९ का ब्याटिङ सल्लाहकार थिए । रोहित मोन्टीको प्रशिक्षण शैलीमा खासै परिवर्तन नभएको बताउँछन् ।
‘प्रशिक्षण शैलीमा मैले खासै परिवर्तन पाएको छैन । सर पहिला जस्तो हुन्थ्यो अहिले पनि त्यस्तै हुनुहुन्छ । २०१७ मा जसरी मनोबल र हौसला बढाउनु हुन्थ्यो अहिले पनि त्यसै गर्नुभएको छ । वहाँले सबैसँग समय लिएर प्रष्ट कुरा बताउनुहुन्छ । टिमको वातावरण सकारात्मक छ । समग्रमा एकदमै राम्रो छ’, रोहितले भने ।
नेपाली खेलाडीमा यसअघिका प्रशिक्षकले पनि क्षमताको कुनै कमी नभएको तर मानसिक रुपमा तयार हुनुपर्ने बताउँदै आएका छन् । यस पटक मोन्टीले टोलीलाई मानसिक रुपमा तयार राख्न बढी जोड दिएका छन् । रोहित मोन्टीको योजना सुन्दा सकरात्मक लागेको बताउँछन् ।

‘सर (मोन्टी) को योजना सुन्दा एकदमै सकरात्मक लाग्यो । क्रिकेट मैदानबाहिर पनि वातावरण एकदमै राम्रो राख्नु भएको छ । कमजोरी मानिएको मानसिक क्षेत्र पनि काम भइरहेको छ’, उनले भने ।
लिग-२ को समीकरण हेर्दा नेपाल कठिन अवस्थामा छ । आइसिसी विश्वकप लिग–२ मा नेपालले बाँकी १२ खेल खेल्न बाँकी छ । ओडिआई मान्यता जोगाउन कम्तिमा ८ भन्दा बढी खेल जित्नुपर्ने हुन्छ । नेपालको ओडिआई मान्यता गुम्न सक्ने खतरा पनिछ । त्यसैको कारण जित नेपालको लागि दबाब छ । अझ नेपाल भन्दा तुलनात्मक रुपमा बलिया नामिबिया र स्कटल्यान्डासँग नेपालले घरेलु मैदानमा खेल्दैछ ।
‘हाम्रो लागि यो एकदमै महत्वपूर्ण सिरिज भएको सबैलाई थाहा भएकै कुरा हो । त्यो कुराले प्रदर्शनमा दबाब आउन भएन । आफ्नो प्रक्रिया पुरा गरेपछि नतिजा आफैं आउँछ । सबै खेलाडीहरुको ध्यान प्रक्रियामानै छ । त्यसै अनुसार जित पनि आउँछ’, रोहितले ओडिआई मान्यताबारे भने ।

रोहित घरेलु मैदानको फाइदा हुने बताए । ‘घरेलु मैदानको फाइदा हुन्छ । यसअघि हामीले घरेलु मैदानमा खेलेको सिरिजमा प्रदर्शन पनि राम्रो छ । यो विकेटको सबै जनाले अनुभव प्रयोग गर्ने हो’, उनले भने ।
रोहितले नेपाली टोलीबाट लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । यस सिरिजमा पनि रोहितको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ । ‘मेरो ब्याटबाट रन बन्न निकै महत्त्वपूर्ण छ । मैले जुन भूमिकामा ब्याटिङ गरेको छु त्यहाँबाट राम्रो अवस्थामा पुर्याउन निकै महत्त्वपूर्ण हुन्छ । मैले यो सिरिजमा आफ्नो उत्कृष्ट दिन प्रयास गर्नेछु’, रोहितले भने ।
दीपेन्द्र नेपाली टोलीका महत्वपूर्ण ब्याटर हुन् । तर टि२० आईमा सानदार प्रदर्शन गर्दा ओडिआईमा त्यस विपरित छ । यस सिरिजमा दीपेन्द्रबाट समग्र नेपाली टोलीनै उत्कृष्ट प्रदर्शन चाहन्छ ।
‘दीपेन्द्र दाईको प्रदर्शन एकदमै आवश्यक छ । टि२० आईमा प्रदर्शन गर्नु भएको छ । त्यहिँ प्रदर्शन हामीलाई ओडिआईमा चाहियो । ओडिआईमा पनि हामी फिनिसरको रुपमा हेरेका छौं’, दीपेन्द्रको प्रदर्शनबारे रोहितले भने ।
नेपालले अन्तिम टोली घोषणा गरेको छैन । केहि दिनमा आफ्नो अन्तिम टोली घोषणा गर्नेछ । टियु क्रिकेट मैदानमा २० सदस्य टोलीले अभ्यास गर्दै आएका छन् । नेपालले पहिलो खेल फागुन–२ मा नामिबियासँग खेल्दै सुरुवात गर्नेछ ।https://youtu.be/0CodehZvUKE
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]