default_image

3 years ago

March 6, 2023

‘हाम्रो पहिलो लक्ष्य ओडिआई मान्यता हुनेछ’- सन्दीप

462 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपालको पहिलो लक्ष्य अव ओडिआई मान्यतालाई कायम राख्ने बताएका छन् । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईलाई ४२ रनले हराएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘अन्तिम समयमा सामान्य थियो । यो जित हाम्रो लागि एकदमै महत्वपूर्ण छ । वहाँ तीन खेल जितेपछि नेपालमा हामीले एक वाई एक खेलको रुपमा लिएका छौं । सोमपाल र दीपेन्द्रले दाईले साच्चै उत्कृष्ट बलिङ गर्नुभयो । हामीलाई बीचमा विकेटको जुन मोमेन्ट चाहिँएको थियो त्यो पायौं र खेलमा फिर्ता हुन पायौं’, युएईविरुद्ध जितपछि सन्दीपले भने ।

त्यसैमा थपे, ‘यो उत्कृष्ट टिम प्रदर्शन थियो । सबैको तर्फबाट योगदान थियो । सबैले ब्याटिङ होस्, बलिङ होस् वा फिल्डिङ ।’
सन्दीप नेपाली र विश्व क्रिकेटमा लेग स्पिनरको रुपमा चिनिन्छन् । तर यस सिरिजमा सन्दीपले तल्लोक्रममा राम्रो ब्याटिङ गरे । त्यसैले नेपालले आज उनलाई सातौं नम्बरमा पठाएको थियो । सन्दीपले भीम सार्कीसँग महत्वपूर्ण साझेदारी गरे । सन्दीप ब्याटिङमा जादा नेपाल १७.१ ओभरमा ६८–५ को अवस्थामा थियो ।

एक समय ६८–५ को दयनीय अवस्थामा पुगेको नेपाललाई भीम र सन्दीपले ५६ रनको साझेदारी गरेका थिए । सन्दीप युएईसँग ४० बलमा १ चौकासहित २७ रनमा आउट भए । सन्दीपले पपुवा न्युगिनीलाई पाँच विकेटले हराउँन आसिफ शेखसँग आठौं विकेटका लागि ७७ रनको अविजित साझेदारी गरेका थिए ।

एक समय १०५–७ को अवस्थामा सन्दीपले आसिफसँग मिलेर जित पक्का गराएका थिए । सन्दीपले उक्त खेलमा ५० बलमा ३ चौकासहित ३५ रनमा अविजित रहेका थिए । सन्दीपले विजयी चौका प्रहार गरेका थिए ।

‘सामान्य सोच थियो । मेरो टिमले मलाई विश्वास गरेको थियो । खेलको अवस्था अनुसार ब्याटिङ गरे । मेरो छिटो छिटो रन हान्ने जुन क्षमता छ त्यसलाई टाढा राखेर सबै कुरालाई मनमा राखेर । भीमले आज जुन तरिकाले ब्याटिङ गरि रहेको थियो । मेरो एकदमै काम भएको सजिलै उसलाई सिंगल रन दिने र भीमले जुन तरिकाले बाउन्ड्रीहरु बीचबीचमा निकालेको थियो । यसको सबै श्रेय भीम सार्कीलाई जान्छ’, जितपछि सन्दीपले भने ।

‘मलाई लाग्छ स्टोरी दुवै एन्डबाट राम्रो भएको थियो । अस्तिपनि टिममले ब्याटिङमा माथि बढुवा गरेको थियो । त्यहिँ एउटा भूमिका दिएको थियो की एक एन्डबाट इनिङ होल्ड गर्ने थियो । अस्ति आसिफलाई सकेसम्म स्ट्राइकमा ल्याउने भूमिका थियो । म पक्कैपनि धेरै भन्दा धेरै ब्याटिङ गर्न रुचाउँछु । पछि कुनैपनि अवस्थामा टिमलाई म चाहिँएको अवस्थामा आफ्नोतर्फबाट शतप्रतिशत दिन सकु’, ब्याटिङ बारे सन्दीपले भने ।

नेपालले घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियालाई चारमा चार जितेको थियो । युएईमा चारमा तीन खेल जित्यो । नेपाल उच्च लयमा छ । अन्तिम चार खेल नेपालको लागि निकै महत्वपूर्ण छ । नेपाल सिधैं शीर्ष तीनमा रहेर विश्वकप छनोट खेल्न सबै खेल जित्नुपर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन चार मध्य दुई खेल जित्नुपर्ने हुन्छ ।

सन्दीप चार भन्दा पनि हरेक खेललाई एक एक गरि हेर्ने बताउँछन् । ‘मलाई लाग्छ चार खेल भन्दा पनि सबै एक खेल वाई एक हेर्न चाहन्छौं । त्यो चारै खेल हाम्रो लागि निकै महत्वपूर्ण पनिछ । पहिला हाम्रो सुरुको दुई खेलको लागि नै लक्ष्य हुनेछ । पहिला हाम्रो लक्ष्य ओडिआई स्टाटस कायम राख्न हुनेछ । त्यसपछि बाँकी दुई खेलको लागि हामीले योजना बनाउने छौं’, उनले भने ।

सन्दीपले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । घरेलु मैदानमा सन्दीपले ४ खेलमा १३ विकेट लिएका थिए । यस सिरिजमा सन्दीपले तीन खेलमा पाँच विकेट लिए । सन्दीप टिम प्रदर्शन बताउँछन् ।

‘यो पनि टिम प्रदर्शन हो । अर्को एन्डबाट डिफेन्सिभ भएपछि अर्को एण्डबाट आक्रामण गर्न पनि सजिलो हुन्छ । नेपालमा पनि त्यहिँ भएको थियो । अर्को एण्डबाट अरु बलरले डिफेन्सिभ भूमिका खेलेको हुँदा मैले अट्याक गरेर विकेट निकाल्न सजिलो भएको थियो । यसको श्रेय सबै खेलाडीलाई जान्छ’, सन्दीपले भने ।

मोन्टी देशाई नेपाल आएपछि नेपाली टोली फेरिएको छ । सबै खेलाडीले मोन्टीको आगमनले टोलीमा सकरात्मक प्रभाव परेको बताउँछन् । नेपालले मोन्टीको आगमनपछि लिग२ मा ८ मध्य ७ खेलमा जित हात पारेको छ ।

‘ वहाँ सधै सकरात्मक हुनुन्छ । हामीले यू१९ मा पनि वहाँसँग काम गर्ने मौका पाएका थियौं । सबैको विश्वासलाई पनि बढाएको छ । हामीले यो आठ खेल जुन तरिकाले खेलेका छौं त्यो पक्कैपनि हामीले टोलीको क्यारेक्टरमा खेलेका छौं । मलाई लाग्छ हाम्रो भविष्य राम्रो हुनेछ।’

नेपालले अव बिहीबार टियु मैदानमा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्नेछ ।

सन्दीपको पूरा भिडियो हेर्नुहोस् : https://www.youtube.com/watch?v=l6lkalYmWBw&t=170s

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.