3 years ago
March 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ह्योल्मो-११ ले पाँचौ संस्करणको पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा ह्योल्मोले पाँच पोखरी क्रिकेट क्लबमाथि दुई रनको रोमाञ्चक जित निकाल्दै उपाधि जितको हो ।

पहिले ब्याटिङ गरेको ह्योल्मोले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो । उच्च लयलाई निरन्तरता दिँदै विवेक तामाङले ५० बलमा ८ चौका र ४ छक्कासहित ८३ रनको उत्कृष्ट इनिङ खेले ।
विनोद तामाङ ३४ बलमा ५ चौका र १ छक्कासहित ४३ रन जोडे । पाँच पोखरीका अनुभवी स्पिनर विजयकुमार धितालले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।मनोज खड्काले दुई र सुशन चौलागाईंले एक विकेट लिए ।
जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको पाँचपोखरीले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाउन सक्यो । युवा ब्याटर सार्थक धितालले ६१ बलमा ९ चौका र १ छक्कासहित ७८ रनको योगदान दिएपनि उपाधि जिताउन सकेनन् । पहिलो विकेटका लागि सार्थक र एकनाथ नेपालले १०.४ ओभरमा ९५ रनको साझेदारी गर्दै विष्फोटक सुरुवात गराएका थिए ।

एकनाथलाई ३५ रनमा बिनोद तामाङले कट एण्ड बोल्ड गरेपछि लगातार विकेट गुमाएपछि झिनो अन्तरले हार्न पुगेको हो । रोशन श्रेष्ठ, विक्की श्रेष्ठ र विजय धितालले १०-१० रन बनाए ।
पाँच पोखरीलाई जितको लागि ९ बलमा २० रन चाहिँएको अवस्थामा उत्कृष्ट ब्याटिङ गरेका सार्थक दावा सोनमको बलमा ठूलो सट खेल्ने धुनमा डिपमिड विकेटमा विवेक तामाङबाट क्याच आउट भएपछि जितको सम्भावना कठिन बनेको थियो ।

युवा अलराउन्डर सार्थक गतवर्ष सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । गतवर्ष पाँचपोखरी भोताङ क्रिकेट टिमसँग ६८ रनले पराजित भएको थियो । यू-१९ राष्ट्रिय प्रतियोगिता बागमतीबाट प्रतिनिधित्व गरि सकेका सार्थकले लगातार अलराउन्ड प्रदर्शन गर्दै आएका छन् ।
महेश ध्वज देउजा १६ले रन बनाए । ह्योल्मोका विनोद तामाङ, नामगिल चेतन, छुङ्गु लामा र दावा सोनामले १-१ विकेट लिए ।पाँचपोखरीबाट बाबुछोरा विजय र सार्थकसँगै खेलेका थिए । ह्योल्मोका विवेक तामाङ प्रतियोगिताको प्लेयर अफ द सिरिज चुनिए ।
उनले प्रतियोगिताभर तीन पटक प्लेअर अफ दि म्याच बन्दा १७८ रन बनाएका थिए । पाँचपोखरी क्रिकेट क्लबका सार्थक धिताल उत्कृष्ट ब्याटर चुनिए । ८ विकेट लिएका करण तामाङ उत्कृष्ट बलर चुनिए ।

च्याम्पिय ह्योल्मो ११ ले उपाधिसँगै नगद ८० हजार पायो । उपविजेता पाँचपोखरी क्रिकेट क्लबले ५० हजार प्राप्त गर्यो । पाँचपोखरा थाङ्गपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले विजेता टिम तथा खेलाडीलाई पुरस्कार वितरण गरे ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा शनिबारबाट सुरु भएको प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ७ टिमको सहभागिता थियो । प्रतियोगिताको मुख्य प्रायोजक माउन्ट शेर्पा ट्राभल एंड टुरिजम रहेको थियो।

साथै ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले यस प्रतियोगितामा सफलता हासिल गर्ने सर्वोत्कृष्ट खेलाडीलाई एकवर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्नेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]