3 years ago
March 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ मा शीर्ष तीनमा रहँदै सोझै ओडिआई मान्यता बचाउनुको साथै विश्वकप छनोटमा स्थान बनाउन सफल भयो । सुरुवाती २४ खेलमा नेपाली ब्याटरको राम्रो प्रदर्शन हुन सकेन । तर अन्तिम १२ खेलमा नेपाली ब्याटरले सानदार प्रदर्शन गरे ।

नेपाली ब्याटरको सानदार प्रदर्शनकै कारण १२ मध्य ११ खेल जित्दै नेपाल शीर्ष तीनमा पर्दै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सोझै खेल्न पायो ।
लिग २ मा नेपाली ब्याटरले दुई शतक र कुल ३९ अर्धशतक प्रहार गरे । लिग २ मा नेपालको उच्च योगफल २ सय ९७ रह्यो । २०१९ देखि २०२३ सम्म चलेको लिग २ मा सर्वाधिक रन बनाउने पाँच नेपाली ब्याटर यस प्रकार छन् ।
५.ज्ञानेन्द्र मल्ल – ५ सय ७२ रन

नेपालका सर्वाधिक अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल लिग २ मा नेपालबाट सर्वाधिक रन बनाउने पाँचौं ब्याटर हुन् । ज्ञानेन्द्रले २४ खेलमा ५ अर्धशतकसहित ५४ चौका र १० छक्कासहित कुल ५ सय ७२ रन बनाए ।
ज्ञानेन्द्रले २०२० मा ओमानविरुद्ध ५६, २०२१ मा ओमानविरुद्ध ५२, अमेरिकाविरुद्ध ५५, नामिबियाविरुद्ध ७५ र नामिबियाविरुद्धनै ६५ रन जोडेका थिए ।
४.आरिफ शेख – ५ सय ९५ रन

मध्यक्रमका भरपर्दा ब्याटर आरिफ शेखले लिग २ मा उत्कृष्ट प्रदर्शन गरे । नेपालको तल्लोक्रम धानेका आरिफले २९ खेलमा ५ अर्धशतकसहित ३४ चौका र २ छक्कासहित कुल ५ सय ९५ रन बनाए ।
आरिफले पपुवा न्युगिनीविरुद्ध २०२२ मा ५९, ओमानविरुद्ध ६६, अमेरिकाविरुद्ध ६३, नामिबियाविरुद्ध ५० र युएईविरुद्ध अन्तिम खेलमा आरिफले ५२ रन जोडेका थिए ।
३. कुशल भुर्तेल- ६ सय ८१

युवा ओपनर कुशल भुर्तेल नेपालबाट लिग २ मा शतक हान्ने पहिलो खेलाडी हुन् । कुशलले २९ खेलमा १ शतक र ५ अर्धशतकसहित ६१ चौका र १७ छक्कासहित कुल ६ सय ८१ रन बनाए ।
कुशलले नामिबियाले दिएको २ सय ८६ रनको विशाल विजयी लक्ष्य पूरा गर्नेक्रममा १ सय १५ रनको सानदार शतकीय इनिङ खेलेका थिए । अन्तिम खेलमा युएईविरुद्ध ५० रन जोडेका थिए । ओमानमा २०२१ मा कुशलले अमेरिकाविरुद्ध ८४, पपुवा न्युगिनीविरुद्ध २०२२ मा ५०, ओमानविरुद्ध र पपुवा न्युगिनीविरुद्ध ५६–५६ रन जोडेका थिए ।
२. रोहित पौडेल– ९ सय ९ रन

नेपालका कप्तान रोहित पौडेलको प्रदर्शन लिग २ मा सानदार रह्यो । रोहितले ३३ खेलमा ६ अर्धशतकसहित कुल ९ सय ९ रन बनाए । जसमा ७४ चौका र १६ छक्का सामेल रह्यो ।
अघिल्लो महिना स्कटल्यान्डविरुद्ध नेपाललाई जिताउन ९५ रनको इनिङ सवैभन्दा उत्कृष्ट रह्यो । २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा ६१-५ को दयनीय अवस्थाबाट रोहितले सानदार प्रदर्शन गरेका थिए ।
रोहितले २०२१ मा अमेरिकाविरुद्ध ६२, २०२२ मा पपुवा न्युगिनीविरुद्ध ६०, अमेरिकाविरुद्ध ६२, नामिबियाविरुद्ध ७२ र युएईविरुद्ध ७७ रन जोडेका थिए ।
१.आसिफ शेख – ९ सय ३४ रन

नेपालका ओपनर आसिफ शेख लिग २ मा सर्वाधिक रन बनाउने ब्याटर हुन् । आसिफले ३० खेलमा १ शतक र ७ अर्धशतकसहित कुल ९ सय ३४ रन बनाए ।
आसिफले दुई साता अघि पपुवा न्युगिनीविरुद्ध पहिलो खेलमा खेलमा टियु मैदान १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
आसिफले २०२१ मा ओमानविरुद्ध ९०, २०२२ मा अमेरिकाविरुद्ध ६१, ओमानविरुद्ध ६२, स्कटल्यान्डविरुद्ध ७१, नामिबियाविरुद्ध ८१, पपुवा न्युगिनीविरुद्ध ८६ र ५३ रन बनाएका थिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]