3 years ago
March 18, 2023
एजेन्सी – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट मास्टर्स एलिमिनेटर खेलमा इन्डिया महाराजसलाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।

दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । एसियाका ओपनर उपुल थरंगाले ३१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । तिलकरत्ने दिलशान २६ बलमा २ चौकासहित २७ रनमा आउट भए ।
पहिलो विकेटका लागि थरंगा र दिलशानले ८.५ ओभरमा ८३ रनको साझेदारी गरेका थिए । मोहम्मद हफिज २४ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । थिसेरा परेरा १२ बलमा ३ छक्कासहित २४ रनमा आउट भए । अस्गर अफगान २४ बलमा १ चौका र २ छक्कासहित ३४ रनमा अविजित रहे ।
नेपालका पारस खड्काको भने ब्याटिङ अवसर आएन । शीर्ष र मध्यक्रमका ब्याटरले राम्रो ब्याटिङ गरेपछि पारस र मिस्बाह उल हकले ब्याटिङ गर्नु परेन । अब्दुल रजाक २ र शाहिद अफ्रिदीले १ रन बनाए ।
भारतका स्टुअर्ट बिन्नीले ३ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । प्रज्ञान ओझाले २ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । प्रबिन ताम्बेले एक विकेट लिए । यस खेलको विजेताले फाइनलमा वल्ड जायन्ट्ससँग खेल्नेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]