3 years ago
March 19, 2023
एजेन्सी – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट मास्टर्स एलिमिनेटर खेलमा इन्डिया महाराजसमाथि ८५ रनको सानदार जित हात पार्दै फाइनलमा पुगेको छ । एसियाले उपाधिको लागि सोमबार वल्ड जायन्ट्ससँग खेल्नेछ ।

जितको लागि १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको भारत १६.४ ओभरमा १ सय ६ रनमा अल आउट भयो । कप्तान गौतम गम्भीरले १७ बलमा ७ चौकासहित सर्वाधिक ३२ रन बनाए । रोविन उथपा १५, मोहम्मद कैफ १४, सुरेश रैना १८, युसुफ पठान ९ र इफरान पठान ३ रनमा आउट भए ।
एसियाका सोहेल तनविर, अब्दुर रजाक र मोहम्मद हफिजले दुई दुई विकेट लिए । इसुरु उडाना, शाहिद अफ्रिदी र तिलकरत्ने दिलशानले एक एक विकेट लिए ।
त्यसअघि दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । एसियाको जितमा ओपनर उपुल थरंगाले ३१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । थरंगा नै खेलको प्लेयर अफ द म्याच चुनिए । अर्का ओपनर तिलकरत्ने दिलशान २६ बलमा २ चौकासहित २७ रनमा आउट भएका थिए ।
मोहम्मद हफिज २४ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए । थिसेरा परेरा १२ बलमा ३ छक्कासहित २४ रनमा आउट भए । अस्गर अफगान २४ बलमा १ चौका र २ छक्कासहित ३४ रनमा अविजित रहे ।
नेपालका पारस खड्काको भने ब्याटिङ र बलिङ दुवैको अवसर पाएनन् । भारतका स्टुअर्ट बिन्नीले ३ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । प्रज्ञान ओझाले २ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । प्रबिन ताम्बेले एक विकेट लिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]