3 years ago
March 19, 2023
एजेन्सी – कप्तान टेम्बा बभुमाको सानदार शतकका बाबजुद घरेलु टोली दक्षिण अफ्रिका दोस्रो ओडिआई खेलमा वेस्टइन्डिजसँग ४८ रनले पराजित भएको छ । योसँगै तीन खेलको ओडिआई सिरिजमा वेस्टइन्डिजले १-० को अग्रता लिएको छ ।

जितको लागि ३ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१.४ ओभरमा २ सय ८७ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले १ सय १८ बलमा ११ चौका र ७ छक्कासहित १ सय ४४ रनको सानदार शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
अर्का ओपनर क्विन्टन डि कक २६ बलमा ५ चौका र ३ छक्कासहित ४८ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । वेस्टइन्डिजका अल्जारी जोशेफले ८.४ ओभरमा ५३ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । अकिल हुसैनले १० ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि बुफ्लो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३५ रन बनाएको थियो । वेस्टइन्डिजको जितमा कप्तान शाई होपले १ सय १५ बलमा ५ चौका र ७ छक्कासहित १ सय २८ रनको सानदार शतकीय अविजित इनिङ खेले । होपको यो ओडिआई करिअरको १४ औं शतक थियो ।

ओपनर ब्रेन्डन किंग २९ बलमा ४ चौकासहित ३० र काइल मेयर्स २६ बलमा ५ चौका र २ छक्कासहित ३६ रनमा आउट भए । निकोलस पुरन ४१ बलमा ५ चौकासहित ३९ र रोभम्यान पावेल ४९ बलमा २ चौका र ३ छक्कासहित ४६ रनमा आउट भए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
घरेलु टोली दक्षिण अफ्रिकाका जेराल्ड कोएट्जीले १० ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । ब्यूजोर्न फोटुइनले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । तेस्रो खेल मंगलबार हुनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]